२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

निर्जीवन बीमाको ९ महिनाको व्यापार करिब ३३ अर्ब, कुनको कस्तो पर्फमेन्स ?


सञ्चार डबली
  • आइतबार, वैशाख २१ २०८२
  • 7.2K
    SHARES

  • images
    निर्जीवन बीमाको ९ महिनाको व्यापार करिब ३३ अर्ब, कुनको कस्तो पर्फमेन्स ?


    काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले चालू आर्थिक वर्षको ९ महिनामा ३२ अर्ब १२ करोड रुपैयाँ बढीको बिमा शुल्क संकलन गरेका छन् ।नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बीमा तथा ४ वटा लघु बिमा गरी १८ वटा निर्जीवन बीमा कम्पनीहरुले कुल ३२ अर्ब ८१ करोड ६६ लाख ९४ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीहरुको व्यापार ७.११ प्रतिशतले बढेको छ । यस अवधिमा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ४ अर्ब ३४ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गरेको छ ।

    त्यस्तै,सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियरले समीक्षा अवधिसम्म ३ अर्ब १० करोड ५८ लाख रुपैयाँ,हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८१ करोड ५५ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ७३ करोड ४९ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

    त्यसैगरी, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ, युनाइटेड अजोडले १ अर्ब ८५ करोड ४९ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड २६ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

    लघु निर्जीवन बिमा कम्पनीमध्येमा नेपाल माइक्रो इन्सुरेन्सले सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।चालू आर्थिक वर्षको ९ महिना अर्थात साउनदेखि चैतसम्मको अवधिमा सबैभन्दा धेरै मोटर बीमावापत कम्पनीहरुले ९ अर्ब ८२ करोड ८७ लाख बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, यस अवधिमा १२ लाख ७ हजार ४४२ मोटर बीमा लेख जारी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend