२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

काठमाडौं उपत्यकाभरि यामाहाको ‘एक्स्चेन्ज अफर’


सञ्चार डबली
  • आइतबार, वैशाख २१ २०८२
  • 6.3K
    SHARES

  • images
    काठमाडौं उपत्यकाभरि यामाहाको ‘एक्स्चेन्ज अफर’

    काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुई पाङ्ग्रे सवारीसाधन पारखीका लागि नयाँ र रोमाञ्चक ‘एक्स्चेन्ज अफर’ ल्याएको छ। यो अफर १४ देखि १९ वैशाखसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरुममा लागु हुनेछ।

    यामाहा ‘ब्लु फेस्ट’ को सफलतापछि कम्पनीले फेरि एक पटक ग्राहकलाई एक्स्चेन्ज र उत्सवको अवसर प्रदान गरेको हो। जुनसुकै ब्रान्डका पुरानो सवारीसाधनमा न्यूनतम २५ हजार रुपैयाँको भ्यालुएसन (कर चुक्ता प्रमाणपत्र अनिवार्य), एक्स्चेन्ज भ्यालु अझ बढाउन थप १० हजार रुपैयाँको अतिरिक्त भ्यालुएसनको फाइदा ग्राहकले लिन सक्ने कम्पनीले जनाएको छ।

    धरौटीविना नै सजिलो फाइनान्सिङ सुविधा, यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९ प्रतिशत ब्याजदरमा सस्तो किस्ताबन्दी सुविधा, ‘थ्रिल अफ थ्री’ अफर अन्तर्गत १ लाखसम्मको स्योर सट छुट र उपहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभरजस्ता निःशुल्क एसेसरिजको सुविधा रहेको छ।

    यामाहाका भर्सटाइल र डाइनामिक मोडेलले हरेक प्रकारका चालकका लागि उपयुक्त रोजाइ सुनिश्चित गर्दछ। हाइ–माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको ‘रेजेडआर १२५एफआई हाइब्रिड’ देखि रेसिङ पारखीबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक ‘आर१५’ सम्म यामाहाका मोडेलहरू फरक–फरक आवश्यकता अनुसार उपलब्ध छन्।

    बलियो स्ट्रिट फाइटर लुक्स चाहनेका लागि शक्तिशाली ‘एमटी१५ भी२’ उपयुक्त विकल्प हुन सक्छ भने १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधि सहित ‘एरोक्स १५५ल ले नयाँ खालको स्पोर्टी स्कुटरको अनुभव दिन्छ। अफ–रोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको ‘डब्लूआर १५५आर’ तयार रहेको यामाहा नेपालले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend