२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रिलायबल नेपाल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाको बीमा दावी भुक्तानी


सञ्चार डबली
  • शनिबार, वैशाख २० २०८२
  • 6.2K
    SHARES

  • images
    रिलायबल नेपाल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाको बीमा दावी भुक्तानी

    काठमाडौं, वैशाख २० । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थानकोट शाखाले मृत्यु दाबी रकम रु १० लाख १४ हजार भुक्तानी गरेको छ । चन्द्रागिरि –०५ , दुर सन्चार किसिपिडि निवासि स्वर्गीय मोहन साउकोटा सुनार को परिवार लाइ एक कार्यक्रम गरि मृत्यु दाबि रकम भुक्तानी गरेको छ।

    स्वर्गीय सुनार ले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स थानकोट शाखा बाट ९ महिना अगाडि रिलायबल समुन्नति जिवन बीमा योजना थानकोट शाखाकि अभिकर्ता सलिना बि. क मार्फत खरिद गरेका थिए।उनले पहिलो किस्ता बापत रु १ लाख बीमा शुल्क कम्पनीमा बुझाएका थिए।
     तामा पित्तल को भाडा निर्माण गर्ने कार्य गर्ने सुनारलाइ काम गर्दा गर्दै स्वास्थमा समस्या आइ उपचार गर्ने क्रम मा उहाको निधन भएको थियो।

    कार्यक्रममा चन्द्रागिरि वाड न ५ का वाडा अध्यक्ष राजेन्द्र महर्जन ज्यु, कम्पनी का चिफ मेनेजर युवराज शर्मा , काठमाडौ का रिजनल मेनेजर याम पोखरेल ज्यु , थानकोट शाखा प्रमुख अर्जुन खनाल ज्यु, चन्द्रागिरि नगरपालिका न्यायिक समितिकि मेलमिलाप कर्ता तथा MDRT सुमित्रा महर्जन ज्यु लागायत करोड पति एजेन्सी मेनेजर सर्मिला बेल्बासे , अन्य अभिकर्ता ज्युहरु स्थानिय बासिन्दा को उल्लेखनीय उपस्थिति रहेको थियो।

    आय आर्जन गर्ने परिवार को मुख्य ब्यक्ति को निधनले ठुलो चोट, पिडा मा रहेको आफ्नो परिवारलाई दावी रकम भुक्तानी गरि घाउमा मलम लाउने काम गरेकोमा रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लाई सुनार का छोरा मनिष सापकोटा ले धन्यवाद दिएका छन ।

    जिवन बीमा को महत्व को बारेमा कम्पनिको चिफ मेनेजर युवराज शर्मा र रिजनल मेनेजर याम पोखरेल ले उपस्थित महानुभावहरु मा प्रकास पार्नु भएको थियो।

    भविष्यमा केही अप्रत्यासित घटना घटेमा त्यस बाट हुने आर्थिक क्षतिबाट बच्ने एक मात्र माध्यम र आर्थिक क्षति तथा जिवन को जोखिम हस्तान्तरण को एकमात्र माध्यम बीमा रहेको बताउदै उपस्थित सम्पुर्णलाइ जीवन बीमा गरि सुरक्षित रहनुहुन कम्पनिका चिफ मेनेजर युवारज शर्मा , वडा अध्यक्ष राजेन्द्र महर्जन , रिजनल मेनेजर याम पोखरेल र शाखा प्रमुख अर्जुन खनाल ले अनुरोध गर्नु भएको थियो।

    उक्त कार्यक्रम थानकोट शाखाकि करोड पति एजेन्सि मेनेजर सर्मिला बेल्बासे ले सन्चालन गर्नु भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend