२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

माओवादी एक नम्बरतिर उकालो लाग्दैछ : प्रचण्ड


सञ्चार डबली
  • शनिबार, वैशाख २० २०८२
  • 8.0K
    SHARES

  • images
    माओवादी एक नम्बरतिर उकालो लाग्दैछ : प्रचण्ड

    काठमाडौं, वैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई पछाडि फर्काउने खोज्ने प्रतिगामीहरूलाई गतिलो जवाफ दिने बताएका छन् ।

    शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालको प्रथम बागमती प्रदेश अधिवेशन उद्घाटन गर्दै प्रचण्डले अहिले पनि यथास्थितिवादी र प्रतिगामीहरूले इतिहासलाई पछाडि फर्काउने र प्राप्त उपलब्धिहरूलाई खोस्ने दुस्साहस गरेको भन्दै गतिलो जवाफ दिने बताएका हुन् । अहिले सडक र सदनबाट माओवादीले खबरदारी गरिरहेकाले आवश्यक परे ठुलो आन्दोलन समेत गर्ने उनको भनाई थियो ।

    प्रचण्डले समग्रमा सवैतर्फ माओवादीको गतिशीलता बढेको र जनताको विश्वास पनि बढ्दै गएकाले आफ्नै खुट्टामा आगामी चुनाव लड्ने आधार तयार हुँदै गएको धारणा राखे । प्रचण्डले ८४ को निर्वाचनमा माओवादी पहिलो पार्टी भएर समाजवादको आधार पारेरै छाड्ने उद्घोष गरे ।

    उनले सामाजिक सञ्जालमा माओवादी एक नम्बरतिर उकालो लाग्दै गरेको भन्दै त्यसले जनमतलाई आकर्षित गरेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend