२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एनआइएचएस र नेपाल लाइफको साझेदारीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर 


सञ्चार डबली
  • शनिबार, वैशाख २० २०८२
  • 7.0K
    SHARES

  • images
    एनआइएचएस र नेपाल लाइफको साझेदारीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर 

    काठमाडौं । नागरिकको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको छ । कम्पनीले आगामी आइतबार र सोमबार नेपाल इन्टरनेशनल हेल्थ सर्भिस एनआइएचएस -NIHS) क्लिनिकसँगको प्राविधिक साझेदारीमा कमलादीस्थित केन्द्रिय कार्यालयमा शिविर सञ्चालन गर्न लागेको हो ।

    शिविर आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म र सोमबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । कार्यक्रम कम्पनीको केन्द्रिय कार्यालय, कमलादीमा हुनेछ । शिविरमा सहभागीले निःशुल्क सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह (सुगर) परीक्षण, कोलेस्ट्रोल, ट्राइग्लिसराइड, युरिक एसिड जाँच, तथा विशेषज्ञ चिकित्सकसँग परामर्श सेवासमेत प्राप्त गर्न सक्नेछन् । एनआइएचएस क्लिनिकले सम्पूर्ण नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सजग बन्न आह्वान गर्दै यस अवसरमा शिविरमा उपस्थित भई लाभ लिन आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend