२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

नौ महिनामा तातोपानी नाकाबाट भित्रिए ७ अर्बका विद्युतीय गाडी


सञ्चार डबली
  • शुक्रबार, वैशाख १९ २०८२
  • 5.8K
    SHARES

  • images
    नौ महिनामा तातोपानी नाकाबाट भित्रिए ७ अर्बका विद्युतीय गाडी

    काठमाडौं, वैशाख १९ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म चीनबाट तातोपानी नाका हुँदै ७ अर्ब ५ करोड ८५ लाख मूल्य बराबरको विद्युतीय गाडी आयात भएको छ। ९ महिनाको अवधिमा २ हजार ७ सय २४ वटा विद्युतीय सवारीसाधन चीनको खासा हुँदै तातोपानी नाका आयात भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

    तीमध्ये सात सय वटा अहिले तातोपानी भन्सार यार्डमा छन् । तिनीहरू जाँच पासका लागि यार्डमा रहेका छन् ।

    २ हजार ७ सय २४ वटा विद्युतीय सवारीसाधनबाट ३ अर्ब ७५ करोड ६३ लाख राजस्व संकलन भएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।

    ९ महिनामा तातोपानी नाकाबाट ३ सय ७० वठा ५० किलोवाटका कार, जिप र भ्यान, १ हजार ५ सय ४४ वटा एक सय किलोवाटका कार, २ सय २९ वटा २ सय किलोवाटका कार, २ वटा तीन सय किलोवाटका कार, १ वटा ३ सय किलोवाट भन्दा माथिको कार, ४१ वटा फोरह्वील विद्युतीय कार आयात गरिएको छ ।

    त्यस्तै एउटा ठूलो विद्युतीय बस, २ सय ८० वटा ११ देखि १४ सिट भएका माइक्रो बस, २ सय ४८ वटा १५ देखि २५ सिट भएका मिनिबस आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend