२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नयाँ वर्षमा साइमेक्स इंकद्वारा ‘०-५-१०’ अफर सार्वजनिक


सञ्चार डबली
  • बुधबार, वैशाख १० २०८२
  • 7.1K
    SHARES

  • images
    नयाँ वर्षमा साइमेक्स इंकद्वारा ‘०-५-१०’ अफर सार्वजनिक


    काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा बीवाईडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘०-५-१०’ अफर सार्वजनिक गरेको छ।यो अफरले दीर्घकालीन मूल्य, विश्वसनीयता र मानसिक शान्ति प्रदान गर्ने कम्पनीको दाबी छ।अफर अन्तर्गत, बीवाईडी गाडी बुक गर्ने ग्राहकले पाँच वर्षसम्म शून्य सर्भिसिङ लागतमा मर्मत सेवा प्राप्त गर्नेछन्।

    यो सुविधामा लेबर, एसी फिल्टर, ब्रेक प्याड, वाइपर ब्लेड, ट्रान्समिसन र ब्रेक आयल, एलभी ब्याट्री र कुलेन्ट जस्ता कन्जुमेबल सामग्री समावेश छन्।साथै, ग्राहकले १० वर्ष वा २ लाख किलोमिटरसम्मको ब्याट्री र मोटर वारेन्टी सुविधा पाउनेछन्, जुन ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी सुविधा हो। नेसनल सेल्स हेड आशुतोष गौतमले ‘०-५-१०’ अफर सफा, दिगो इलेक्ट्रिक मोबिलिटीतर्फ नेपालको यात्राको प्रतीक भएको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend