२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न, ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुने विश्वास


सञ्चार डबली
  • बुधबार, वैशाख १० २०८२
  • 5.8K
    SHARES

  • images
    नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न, ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुने विश्वास

    नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।

    कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।

    कार्यक्रममा बोल्दै कम्पनीका संचालक कमलेश कुमार अग्रवालले चुनौतीपूर्ण अवस्थाका बावजुद पनि कम्पनीले प्राप्त गरेका उपलब्धिका निम्ति सम्पूर्ण प्रगतिका सहयात्रिहरूलाई हृदयदेखिनै धन्यवाद ज्ञापन र आगामी दिनमा कम्पनीले लिएको लक्ष्यलाई प्राप्ति गर्नका निम्ति सबैलाई शुभकामना व्यक्त गरेका थिए ।

    उनले जीवन बिमा व्यवसाय एकदमै सेन्सिटिभ क्षेत्र रहेको बताए । जीवन बिमा पोलिसी एउटा सामान्य दस्तावेज मात्र नभई यो भविष्य निर्धारण गर्ने आधारशिला र जीवनयापन गर्ने माध्यम रहेको उनको भनाई छ ।

    बजारमा रहेको जोखिमलाई खरिद गरी मान्छेको जीवनलाई सहज बनाउन बिमा कम्पनीले अतुलनीय भूमिका खेल्ने र त्यसका निम्ति सम्पूर्ण नेपाल लाइफकर्मीहरूलाई बिमाको चेतना अभिवृद्धि गर्न आग्रह गरे ।

    उनले सफलता कुनै चामत्कारिक घटना नभई टिमको जोश, जाँगर, इमान्दारिता, परिश्रम, दीर्घकालीन सोच, रणनीतिको तर्जुमा र त्यसको सही कार्यान्वयनको समिश्रण रहेको बताए ।

    विभिन्न परिस्थितिबाट गुज्रिदै र त्यसबाट पाठ लिदै आजको अवस्थामा आएको यस कम्पनीले बिमा बजारलाई मार्गनिर्देश गर्न पनि भूमिका निर्वाह गर्नुपर्ने कुरा बताए । जीवन बिमाको बजारीकरण, सचेतना तथा बिमा बजारको विकास र बिमाको पहँुचलाई आम नागरिक बीच पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।

    कार्यक्रमामा बाल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले प्राप्त गरेको उपलब्धि ऐतिहासिक रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र खट्ने कर्मचारीहरू, अभिकर्ताहरूलाई धन्यवाद ज्ञापन गरे । कम्पनीले २५ औँ वर्षमा प्रवेश गर्दै गरेको अवसरमा कम्पनीले लिएको ऐतिहासिक लक्ष्य सजिलै प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।

    चालु आर्थिक बर्षमा नेपाल लाइफले जीवन बिमा क्षेत्रमा इतिहास रच्ने र त्यो इतिहास रच्न अतुलनीय भूमिका निर्वाह गर्ने सञ्चालक समिति कम्पनीको मेरूदण्डका रूपमा रहेका अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरूलाई धन्यवाद ज्ञापन गरे । बजार हिस्सालाई अग्रस्थानमा राख्दै जीवन बिमाको पहुँचलाई अभिवृद्धि गर्न दत्तचित्त भएर कार्यसम्पादन गर्न सबैलाई आग्रह गरे । कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति डिजिटलाइेसन कार्य थालनी गरिसकेको बताए ।

    निकट भविष्यमा बिमितहरूले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरू प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बिमितहरूले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरूस्त तवरले प्राप्त गर्ने कुरा बताए । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्ससँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरे ।

    कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बिमा बजारको बजारीकरण तथा बिमाको पहुँचलाई बढाई यस कम्पनीको लेगेसीलाई निरन्तरता प्रदान गर्न कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए ।

    त्यस्तै, कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद ज्ञापन गरे ।

    जीवन बिमा क्षेत्रमा आगामी दिनमा विभिन्न प्रकारका रूपान्तरणहरू हुने र सोलाई अङ्गीकार गर्न आफ्नो सीप, क्षमता र ज्ञानलाई अभिवृद्धि गर्न निरन्तर दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । भूमण्डलीकरण र आर्टिफिसियल इन्टेलिजेन्सको विकाससँगै जीवन बिमा क्षेत्रमा पनि विभिन्न प्रकारका अवसरहरू सिर्जना भएको र सोलाई मूर्तता प्रदान गर्न कम्पनी अग्रसर भई कार्यारम्भको थालनी गरि सकिएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend