२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

'यामाहा ब्लु फेस्ट’ भृकुटीमण्डपमा सुरु


सञ्चार डबली
  • शुक्रबार, चैत २९ २०८१
  • 6.0K
    SHARES

  • images
    'यामाहा ब्लु फेस्ट’ भृकुटीमण्डपमा सुरु

    काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ सुरु भएको छ। एमएडब्लु इन्टरप्राइजेज र एमएडब्लु राइड्सको आयोजनामा चैत २८ देखि वैशाख ३ गतेसम्म सप्ताहव्यापी फेस्ट सुरु गरिएको हो। कार्यक्रममा एक्स्चेन्ज अफर, नगद छुट, रोमाञ्चक गेम, स्मार्ट हेलमेट जित्ने मौका, लाइभ कन्सर्टजस्ता विशेष आकर्षणहरू छन्।

    कार्यक्रमको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे । यामाहाका डिलर, सञ्चारकर्मी, ग्राहक र कर्मचारीहरुको बाक्लो सहभागिता फेस्टमा देखिएको छ ।

    सप्ताहव्यापी रुपमा चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने महोत्सवमा कुनै पनि ब्रान्डको बाइक वा स्कुटर सजिलैसँग यामाहासँग साट्न सकिने सुविधा दिइएको छ । साटफेर गर्दा रु. ५० हजारको न्यूनतम मूल्याङ्कन, थप रु. १० हजार को बोनस, ७.९९ प्रतिशतमा फाइनान्सिङ, र यामाहाको “थ्रिल अफ थ्री” योजनाअन्तर्गत रु. १ लाखसम्म नगद छुट लगायत दर्जनौं अफर फेस्टको मुख्य आकर्षण बनेका छन् ।

    बाइकबाहेक फेस्टमा स्मार्ट हेलमेट जित्ने मौका, टेस्ट राइडमा रोमाञ्चक उपहार, गेमिङ जोन, फेस पेन्टिङ र महेश काफ्ले–अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति समावेश गरिएको छ ।

    प्रदर्शनीमा आर१५ भि४, एफजेड भी३, एरोक्स १५५, एमटि–१५ भि२ लगायतका चर्चित मोडलसहित, नेपालको सबैभन्दा बढी माइलेज दिने स्कुटर रेडेडआर १२५ एफआइ प्रमुख आकर्षण रहेको छ । कम्पनीले सहरी तथा अफरोड दुवै प्रेमीका लागि यामाहाका मोडलहरू उपयुक्त रहेको दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend