२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड CREST को साधारण शेयर सूचीकरण


सञ्चार डबली
  • बुधबार, चैत २७ २०८१
  • 6.7K
    SHARES

  • images
    क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड CREST को साधारण शेयर सूचीकरण

    बुधबार, २७ चैत्र २०८१
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (NEPSE) र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (CREST) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको ७५,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता आज सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

    यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२,५०,००० कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२,५०,००० कित्ता (७०%) शेयर समेत गरी जम्मा ७५,००,००० कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको हुँदा सरोकारवाला सबैको जानकारीकोे छ ।

    पुनश्च : धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनवाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend