२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्काईवेल ड्राईभ गर्दै युरोप घुम्ने सुनौलो अवसर 


सञ्चार डबली
  • बुधबार, चैत २७ २०८१
  • 7.0K
    SHARES

  • images
    स्काईवेल ड्राईभ गर्दै युरोप घुम्ने सुनौलो अवसर 

    काठमाडौं । नेपाली अटो बजारमा लोकप्रिय बन्दै गएको लक्जरी ईभी एसयूभी ब्रान्ड स्काईवेलले आफ्ना ग्राहकहरूलाई युरोप भ्रमणको अवसर दिने विशेष योजना ल्याएको छ। 'स्काईवेल ड्राईभ–२०२५ नेपाल टु युरोपु' नामक क्याम्पेनमार्फत स्काईवेल एसयूभी खरिद गर्ने प्रत्येक ग्राहक जोडीलाई युरोप भ्रमणमा लैजाने घोषणा गरिएको छ।

    स्काईवेल नेपालको आधिकारिक आयातकर्ता जि. मोटर्स प्रा. लि. ले ल्याएको यो योजना अन्तर्गत स्काईवेल 'विई ११' वा 'ईटी ५' मोडेल खरिद गर्ने ग्राहकहरूले युरोप भ्रमणमा सहभागी हुने मौका पाउनेछन्। साथै, २०२५ मोडेलको कुनै पनि स्काईवेल एसयूभी टेस्ट ड्राईभ गर्ने इच्छुक ग्राहकहरूले पनि यस योजनामा सहभागी हुन सक्नेछन्।

    टेस्ट ड्राईभमा सहभागी हुन चाहनेले आफ्नो अनुभव सामाजिक सञ्जालमा (#TestDriveSkywell)(#DriveSkywellNepalTo Europe) ह्यासट्याग प्रयोग गरी सेयर गर्नुपर्नेछ। यसरी भाग लिने ग्राहकहरूमध्ये एक पुरुष र एक महिला विजेतालाई युरोप भ्रमण र त्यहीँ स्काईवेल ड्राईभ गर्ने अवसर प्रदान गरिनेछ।1744189601-K2W4q.jpg

    स्काईवेल विई ११ र ईटी ५ दुबै मोडेल फुल-साइज लक्जरी एसयूभी हुन्, जसले क्रमशः ४१० किमी, ५२० किमी र ६२० किमी रेन्ज उपलब्ध गराउँछ। यी गाडीहरू अत्याधुनिक फिचर, १९० एमएम ग्राउन्ड क्लियरेन्स, र व्यवसायिक वर्गका लागि उपयुक्त लक्जरी सुविधाले भरिपूर्ण छन्। स्काईवेल विई ११ ले सिएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सुरक्षा रेटिङ प्राप्त गरिसकेको छ भने यो युरोपियन युनियन सर्टिफाइड हुने पहिलो चिनियाँ ईभी पनि हो।

    वर्तमानमा स्काईवेल नेपालमा राधेराधे (भक्तपुर), इटहरी, विराटनगर, चितवन, पोखरा र नक्सालमा विक्री कक्ष तथा राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टरमार्फत सेवा दिइरहेको छ।

    लक्जरी र हाई-स्पीडको युरोपेली आवश्यकता पूरा गर्न सफल स्काईवेल अब नेपाली ग्राहकलाई युरोपमै स्काईवेलको ड्राईभ अनुभव गराउन अघि बढेको छ।

    योजना अनुसारको मूल्य सूचीः

    स्काईवेल ईटी ५ (लङ रेन्ज) रु १,१५,००,०००

    स्काईवेल विई ११ – ४१० किमी रु ७९,९०,०००

    स्काईवेल विई ११ – ५२० किमी रु ८९,९०,०००

    ग्राहकको सन्तुष्टि र अनुभवलाई प्राथमिकतामा राख्दै स्काईवेलले नेपाली अटो बजारमा नयाँ उचाई छोएको देखिएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend