२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५’ अवार्डबाट सम्मानित


सञ्चार डबली
  • शुक्रबार, चैत २२ २०८१
  • 8.1K
    SHARES

  • images
    नेपाल लाइफ ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५’ अवार्डबाट सम्मानित

    काठमाडौँ ।  नेपालको सर्वाधिक विश्वासिलो मानिएको जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई कर्पोरेट खबरद्वारा आयोजित सत्रौँ कर्पोरेट बिजनेस अवाड्र्स २०२५ को लाइफ इन्स्योरेन्स विधामा ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५’अवार्डबाट सम्मान गरिएको छ । 

    यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट नेपाल लाइफ यो अवार्ड जित्न सफल भएको हो । काठमाडौँमा आयोजित भव्य समारोहका बीच नेपाल लाइफका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरे । 

    नेपाली बिमा कम्पनीहरूको वित्तीय विवरण, सूचाङ्कहरू, सुशासन दावी भुक्तानीको अनुपात,चुक्तापुंजी, प्रथम बिमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संसाधनको विकासमा गरिएको लगानी, लगानी विविधिकरणमा गरिएका कार्यहरू, अटोमेसन र डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा गरिएका  कार्यहरू, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रमहरू जस्ता मापदण्डहरूलाई मुल्यांकन गर्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई यो सम्मान प्रदान गरिएको हो ।

    कम्पनीको कार्य कुशलता, प्रभावकारीता एवम् पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५’ बाट सम्मानित गरिएको हो । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनीहरू तथा नेपाल लाइफसँग आबद्ध ग्राहकहरूलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैलाई आभार व्यक्त गरे । 

    यसरी नै सामूहिक सहकार्य गर्दै जीवन बिमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बिमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend