२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नक्सालमा खुल्यो केटीएम मोटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम  


सञ्चार डबली
  • सोमबार, चैत १८ २०८१
  • 5.1K
    SHARES

  • images
    नक्सालमा खुल्यो केटीएम मोटरसाइकलको सुविधा सम्पन्न नयाँ शोरुम  

    सोमबार, १८ चैत्र २०८१

    काठमाडौं । केटीएम मोटरसाइकलको नक्सालमा सुविधा सम्पन्न नयाँ शोरुम सञ्चालनमा आएको छ । गोल्छा ग्रुपअन्तर्गतको हंशराज हुलास चन्द एड कम्पनीले बिक्री गर्दै आएको उक्त मोटरसाइकलको  शोरुम उद्घाटनसँगै औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

    आइतबार आयोजित शोरुम उद्घाटन समारोहमा गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाका साथै निर्देशक अभिमन्यु गोल्छाको पनि सहभागिता रहेको थियो । स्पोर्ट्स, एड्भेन्चर तथा डर्ट बाइकका लागि प्रसिद्ध केटीएम मोटरसाइकल युवा माझ नेपाली बजारमा निकै लोकप्रिय छ ।

    कम्पनीका अनुसार केटीएम मोटरसाइकलका योसँगै १८ वटा शोरुम पुगेका छन् । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले केटीएम मोटरसाइकलको नयाँ शोरुम विस्तार गर्दै बिक्रीसँगै गुणस्तर सर्भिसमा प्रतिबद्ध रहेको बताए ।

    1743418331-MFDBV.jpg
    undefined

    ‘नक्सालमा केटीएम मोटरसाइकलको शोरुम पहिलाबाटै थियो, उक्त शोरुमको ठाउँमै नक्सालको अर्को स्थानमा सारेर शोरुम सञ्चालनमा ल्याएका हौं,’ उनले भने । केटीएम मोटरसाइकलका अहिले नेपाली बजारमा ७ वटा मोडलका बाइक बिक्री हुँदै आएका छन् ।

    तीव्र गति, उत्कृष्ट सस्पेन्सन र दमदार इन्जिन क्षमता यी मोटरसाइकलका विशेषता हुन् । केटीएम मोटरसाइकले प्रायः ट्र्याक,रेसिङका लागि उत्कृष्ट ह्यान्डलिङ र स्थिरता प्रदान गर्छन् । यो मोटरसाइकल चढ्न चाहने व्यक्तिहरूको लागि प्रेरणा र उत्साह बढाउने पनि गोल्छाले बताए ।

    नेपालमा बजारमा केटीएम ड्युक २००, केटीएम आरसी २००, केटीएम ड्युक ५५० जेन ३, केटीएम आरसी ३९०, केटीएम आरसी ३९०, केटीएम ड्युक ३९०, केटीएम २५० एड्भेन्चर र केटीएम ३९० एड्भेन्चर मोडलको मोटरसाइकल बिक्री हुँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend