२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस सार्वजनिक, एथर रिज्टाको बुकिङ खुला


सञ्चार डबली
  • आइतबार, चैत १७ २०८१
  • 7.2K
    SHARES

  • images
    एथरको नयाँ मोडल २०२५ एथर ४५०एक्स र ४५०एस सार्वजनिक, एथर रिज्टाको बुकिङ खुला

    २०८१ चैत १७ गते
    काठमाडौं । नेपाली बजारमा २०२५ एथर ४५०एक्स र ४५०एस सार्वजनिक भएको छ । नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले बजारमा नयाँ मोडल भित्र्याएको हो ।

    ‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५०एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको भनाइ छ ।

    कम्पनीका अनुसार बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल मिलाउन मद्दत गर्दछ, जसले स्कुटरलाई थप स्थिरतार नियन्त्रण गर्दछ । यस सुविधाले शहरको ट्राफिकदेखि अफरोड सम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्छ ।

    यो स्कुटर रेन मोड, रोड मोड र -याली मोड गरी तीन मोडमा उपलब्ध छ । स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउँछ ।

    ३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ ।

    a88819da-1ba6-4fd4-a220-e353245dd75d-1024x678.jpeg
    undefined

    स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।

    नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५० एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ । ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने कम्पनीले बताएको छ ।

    वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ ।

    वैद्य इनर्जीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ समेत खुला गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend