२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालको पहिलो 100% Pure Electric Pickup – Riddara छिट्टै सार्वजनिक हुँदै


सञ्चार डबली
  • आइतबार, चैत १० २०८१
  • 6.1K
    SHARES

  • images
    नेपालको पहिलो 100% Pure Electric Pickup – Riddara छिट्टै सार्वजनिक हुँदै

    काठमाडौं, नेपाल । नेपालमा Riddara को आधिकारिक वितरक CG Motors ले नेपालकै पहिलो 100% Pure Electric Pickup – Riddara सार्वजनिक गर्न लागेको घोषणा गरेको छ। यो  EV Pickup सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम हो। अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गर्नेछ। यसमा 424 Km को  Range र 73 Kwh क्षमताको Battery रहेको छ।

    नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara मा 7 फरक-फरक Driving Mode हरू –(Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport - 4WD)– उपलब्ध गराइएको छ, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ। साथै, 540 Degree Surround View Camera प्रणाली समेत समावेश गरिएको छ, जसले पूर्ण दृश्य प्रदान गरेर सवारी सुरक्षालाई थप मजबुत बनाउँछ।

    Riddara ले ग्राहकहरूलाई आफ्नै गाडीको मजबुती अनुभव गराउने उद्देश्यले 4WD Delivery र Adventure Drive कार्यक्रम समेत आयोजना गर्नेछ, जसअन्तर्गत प्रयोगकर्ताहरूले विभिन्न कठिन भूगोलमा गाडीको प्रदर्शन प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।

    कार्यक्रममा सहभागी हुन चाहनेहरूका लागि सहजता प्रदान गर्न Panipokhari Riddara Showroom र Thapathali Showroom बाट हरेक एक घण्टामा निःशुल्क शटल सेवा उपलब्ध हुनेछ। शटल सेवा बिहान 11:00 बजेबाट सुरु हुनेछ, र मुख्य कार्यक्रम दिउँसो 1:00 बजे सुरु हुनेछ।

    Riddara को यो प्रक्षेपण EV सवारी साधनको क्षेत्रमा मात्र नभई नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि भित्र्याउने दिशामा पनि ठूलो उपलब्धि हो। यो पिकअपले चीनमा No. 1 EV Pickup को रुपमा पहिचान प्राप्त गरिसकेको छ। Riddara को मूल कम्पनी Geely Auto Group चीनका शीर्ष १० ठूला अटोमोबाइल कम्पनीहरूमध्ये एक हो। यस सार्वजनिक प्रक्षेपणमार्फत CG Motors ले नवीनतम विद्युतीय प्रविधिको प्रयोग गरी नेपालमा वातावरणमैत्री तथा प्रविधियुक्त सवारी साधनको नयाँ युगको सुरुवात गर्न लागेको हो।

    थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

    📞 ९८०२३७५६७८ | ९८०२३७५६०३ | ९८०२३४०९४६ | ९८०१४६२८२३

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend