२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्काईवेलको फ्ल्यागशिप सोरूम नक्सालमा सञ्चालन


सञ्चार डबली
  • शुक्रबार, चैत ८ २०८१
  • 7.9K
    SHARES

  • images
    स्काईवेलको फ्ल्यागशिप सोरूम नक्सालमा सञ्चालन

    शुक्रबार, ०८ चैत्र २०८१

    काठमाडौँ ।  नेपालमा पाईने लक्जरी एसयुभी ब्राण्ड स्काईवेलले काठमाडौको नारायणचौर नक्सालमा आफ्नो फ्ल्यागसिप सोरूम संचालनमा ल्याएको छ। विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्षअघि भित्र्याइएको थियो। नक्सालमा खुलेको नयाँ सोरूम स्काईवेलको नेपालमा पाँचौं विक्री कक्ष हो।

    शुक्रबार, मार्च २१ का दिन चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन माहमहीम वाड् जीन्ले एक समारोहबीच रिबन काटेर सोरूमको उद्घाटन गरे । कार्यक्रममा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस भु, कन्ट्री म्यानेजर भिरा तथा जि मोटर्स प्रा.लि का चेयरमेन दुर्गा प्रसाद गेलालको उपस्थिति थियो।

    चीनमा निर्माण भई विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसिया लगायत एशियाली मुलुकमा बलियो बजार विस्तार गरिसकेको छ। स्काईवेल चिनियाँ इलेक्ट्रोनिक्स जायन्ट स्काईवर्थको ब्राण्ड हो। राम्रो वित्तीय पृष्ठभूमि अनुसन्धान तथा विकासमा गरिएको ठूला लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा आफ्नो प्रभुत्व कायम राख्न सफल भएको छ।

    भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष खोलेर नेपाली बजारमा प्रवेश गरेको स्काईवेलले छोटो अवधिमा नै राम्रो ब्राण्ड भ्यालु कायम गरेको छ। एक वर्षको अवधिमा कम्पनीले १०० भन्दा बढी एसयुभी विक्री गरिसकेको छ। नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता जि मोटर्स प्रा. लि. रहेको स्काईवेलको सफलता प्रिमियम उत्पादन, स्थापित ब्राण्ड, तथा बिक्रीपछि प्रदान गरिने उत्कृष्ट सेवाका कारण सम्भव भएको देखिन्छ।

    कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार स्काईवेलका गाडीहरू उच्चस्तरीय ग्राहकहरूलाई लक्षित गरेर बिक्री गरिन्छन्। उनले भने, ‘हाम्रा ग्राहकहरूले आफ्नो प्रिमियम जर्मन कार थन्क्याएर वातावरणको जगेर्नाका लागि स्काईवेलको एसयुभी रोज्नुभएको छ। हामी हाम्रा ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिवद्धतामा कुनै सम्झौता गर्दैनौं। घरमै गएर सेवा दिनुपर्ने भए पनि हामी तत्पर छौं।

    कार्यक्रममा जि मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालले स्काईवेललाई प्रिमियम एसयुभी ब्राण्डको रूपमा नेपाली बजारमा स्थापित गराउने लक्ष्य रहेको बताए। उनका अनुसार, ‘यो साधारण ईभी मात्र होइन, लक्जरी सवारी साधन हो। हाम्रा ग्राहकले गर्वका साथ स्काईवेल प्रयोग गर्नुहुन्छ, त्यस अनुरूप ब्राण्ड भ्यालु र सेवा सुविधा प्रदान गर्नु हाम्रो दायित्व हो।’

    नेपालमा स्काईवेलका एसयुभीहरू ७९ लाख ९० हजारदेखि १ करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्छन्। कम्पनीले यसै वर्ष हालसम्मकै प्रिमियम फिचरहरूयुक्त सानो एसयुभी पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend