२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

लिपमोटर बी10 ले रच्यो नयाँ कीर्तिमान, ४८ घण्टामा ३१,००० भन्दा बढी अर्डर


सञ्चार डबली
  • सोमबार, चैत ४ २०८१
  • 7.8K
    SHARES

  • images
    लिपमोटर बी10 ले रच्यो नयाँ कीर्तिमान, ४८ घण्टामा ३१,००० भन्दा बढी अर्डर

    सोमबार, ०४ चैत्र २०८१
    काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा. लि. चीनमा बी10 को ऐतिहासिक सफलता मनाउन पाउँदा हर्षित छ। मार्च १० मा प्रि-सेल खुल्ला भएदेखि ४८ घण्टाभित्रै बी10 ले ३१,६८८ अर्डर प्राप्त गर्यो, जसमा कुल अर्डरमध्ये ७३% हिस्सा ओगट्दै लायडर सेल्फ-ड्राइभिङ संस्करणको माग सबैभन्दा बढी रह्यो। पहिलो घण्टामै १५,०१० भन्दा बढी अर्डर पुगेकोले यसको इभी बजारमा उच्च माग भएको प्रमाणित गरेको छ।

    बी10 आरएमबी १,२०,००० (करिब १६,६०० अमेरिकी डलर) भन्दा कम मूल्यको पहिलो इलेक्ट्रिक कार हो जसमा लायडार (LiDAR) प्रविधि छ।लिपमोटरको लिप ३.५ प्लेटफर्ममा निर्मित यो कार आकर्षक डिजाइन, स्मार्ट ड्राइभिङ फिचरहरू, ठूलो टचस्क्रिन, र प्रिमियम साउन्ड सिस्टम सहित आउँछ। २१४ एचपीसम्मको पावर, ६०० किमी रेन्ज, र ८०० भोल्ट फास्ट चार्जिङको सपोर्टले ३०% बाट ८०% सम्म चार्ज हुन मात्र २० मिनेट लाग्ने भएकाले, बी10 उच्च प्रदर्शन र उत्कृष्ट कार्यक्षमतासहित प्रस्तुत भएको छ।

    लिपमोटरले चीनमा देखाएको सफलता विश्वव्यापी विस्तारको संकेत हो। ब्रान्डको लक्ष्य प्रत्येक महिनामा ४०,००० B-सीरीज गाडी बिक्री गर्ने र २०२५ भित्र ५,०,००० वार्षिक डेलिभरी पुर्‍याउने रहेको छ। लिपमोटर नेपाल बी10 लाई नेपाली बजारमा ल्याउन उत्साहित छ, जसले नेपालको स्मार्ट र दिगो यातायातको यात्रालाई अझ गति दिनेछ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend