२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेपालमा VOLVO EC220 एक्स्काभेटर : अब अझ बढी शक्तिशाली, भरपर्दो र इन्धन किफायत


सञ्चार डबली
  • आइतबार, चैत ३ २०८१
  • 7.6K
    SHARES

  • images
    नेपालमा VOLVO EC220 एक्स्काभेटर : अब अझ बढी शक्तिशाली, भरपर्दो र इन्धन किफायत

    आइतवार, चैत ३ २०८१
    काठमाडौँ । पञ्चकन्या ग्रुपले प्रख्यात VOLVO EC220 एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ । ग्रुपले प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्ली परिसरमा आयोजित एक कार्यक्रमबिच उक्त एक्स्काभेटर सार्वजनिक गरेको हो ।

    ग्रुपकै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रा.लिले विभिन्न मेसिनहरू बजारमा विगत लामो समयदेखी बिक्री वितरण गर्दै आईरहेकोमा हालसालै VOLVO Construction Equipment अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्य सहित सो एक्स्काभेटर ल्याएको जनाएको छ । आधुनिक प्रविधि, इन्धन दक्षता र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको छ ।

    यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि अन्तर्गत बिक्री वितरण हुुने VOLVO EC220 मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने हुँँदा जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।

    बजारमा उपलब्ध गराइएको यस इन्जिनले ईन्धनको बचत गर्दै वातावरणमैत्री साधनको रूपमा उच्च प्रदर्शन दिने गरी EURO Stage IIIA मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतीको मेसिनहरू भन्दा १०% बढी उत्खनन क्षमता सहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो ।

    यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरूमा सन्चालन खर्च घटाई मर्मत खर्च समेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा ग्राहकहरूको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।

    नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधी तथा क्रियाकलापहरू निरन्तर वृद्धि भइरहेको सन्दर्भमा VOLVO EC220 एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ ।

    साथै नेपाल भौगोलिक बनावाटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाईका कारणले निर्माण कार्य बढी कष्टकर भईरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारीता बृद्दी गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाईएको छ ।

    यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ती जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरूले नेपाली ग्राहकलाई उच्च उत्पादकत्व सहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरूलाई फाइदा पु-याउने विश्वास कम्पनीले लिएको छ ।

    VOLVO CE का अधिकृत वितरक तथा बिक्रेता मार्फत EC220 मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध छन् । नेपाली बजारमा एउटा पुरानो नाम पञ्चकन्या ग्रुप विश्वासिलो र भरपर्दो व्यवसायिक समुहको रूपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो । कम्पनीले आफुले वितरण गरिने सेवा तथा वस्तुहरूमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकरूलाई सेवा गर्दै आएको दावी गरेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend