२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त 


सञ्चार डबली
  • शुक्रबार, चैत १ २०८१
  • 7.2K
    SHARES

  • images
    स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त 

    १ चैत्र २०८१, शुक्रबार

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा अतिरिक्त सचिव डा.टंक वाराकोटीलाई नियुक्त गरेका छन् ।

    शुक्रवार मन्त्री पौडेलले रिक्त रहेको महानिर्देशकको जिम्मा दिएका हुन् । तत्कालीन निर्देशक डा. विकास देवकोटालाई नेपाल सरकारले बिहीबार स्वास्थ्य सचिवमा बढुवा गरेसँगै सो पद रिक्त रहेको थियो ।

    लोकसेवा आयोगले अतिरिक्त सचिवहरू डा. संगिता मिश्रा, डा. बाराकोटी र डा. देवकोटालाई सचिवका लागि सिफारिस गरेका थिए ।

    डा. देवकोटा सचिव भएकोमा डा. मिश्राले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्ति गरेर मन्त्रालयमा हाजिर भएकी छैनन् भने मन्त्री पौडेलले बाराकोटीलाई सचिव पछिको दोस्रो शक्तिशाली पद महानिर्देशकको जिम्मेवारी दिएका हुन् । डा. वाराकोटीले विभाग पुगेर पदबहाली गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend