२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ बार्षिक साधारणसभा सम्पन्न


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 5.1K
    SHARES

  • images
    आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्सको २७औँ बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं, फागुन २५ । आईजिआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २७औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा आइतबार अम्रपाली बैङ्क्वेट, भाटभटेनी, नक्शाल, काठमाडौंमा सम्पन्न भएको हो ।

    साधारणसभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले बीमा नागरिकको जीवनसँग प्रत्यक्ष रुपमा जोडिएको हुन्छ । जीवनमा आइपर्ने विपद् र जोखिम अनपेक्षित र अनिश्चित हुने गर्छन । आफुले दुःख गरेर आर्जन गरेको सम्पतीे होस या कुनै व्यवसाय संभावित जोखिम न्यूनीकरण गर्ने सबैभन्दा भरपर्दो माध्यमनै निर्जीवन बीमा हो र यसै यथार्थलाई मध्यनजर गर्दै बिगत दुई दशक भन्दा लामो समयदेखि यस आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले नागरिकको जीवनमा आईपर्ने यस्तै अनेकौँ जोखिमहरुको न्युनीकरण गर्न सहजकर्ताको भुमिका खेलिरहेको छ भने समग्र अर्थतन्त्रमा नै महत्वपुर्ण योगदान पुर्याउदै आईरहेको जानकारी दिए।

    उक्त अवसरमा ढकालले समीक्षा बर्षमा निर्जीवन बीमा कम्पनीहरुले रु.४१.४७ अरब बीमाशुल्क आर्जन गरेका छन् जुन गत आ.ब. भन्दा २.८ प्रतिशतको वृद्धि हो । साथै आ.ब. २०८०।०८१ मा कूल ग्राहस्थ उत्पादनमा निर्जीवन बीमा क्षेत्रको ०.७३ र कूल बीमा क्षेत्रको ३.४७ प्रतिशत योगदान रहेको छ । सो सुचकांकले बीमा क्षेत्रको विकासमा प्रचुर सम्भावना रहेको प्रष्ट देखिएको जानकारी गराउँदै समीक्षा बर्षमा यस कम्पनीले ३.६३ अरब बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा ७.१२ प्रतिशतले वृद्धि गर्न सफल भएको जानकारी गराए ।

    त्यसैगरी कम्पनीले आर्थिक बर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफा तथा गत आर्थिक बर्षको संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९.७३६८ प्रतिशतका दरले हुन आउने रकम रु.२९ करोड ४९लाख ६१ हजार ५सय ३० (कर प्रयोजनार्थ सहित) नगद लाभांश सभाबाट पारित भएको जानकारी गराए ।

    कम्पनीको आफ्नै जग्गामा निर्माणधिन ११ तल्लाको भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको, भवनको सम्पूर्ण कार्य करिब ६ महिना भित्र सकिने अपेक्षा रहेको र यसै गरी कम्पनीले आगामी बर्षदेखि विभिन्न प्रदेशमा समेत आफ्नै भवनको अवधारणा अगाडी सारेको र सोलाई क्रमश व्यवस्था गर्दै लगिने व्यहोरा समेत शयरधनी महानुभावहरुलाई जानकारी गराए । कम्पनीले २७औँ साधारण सभा समक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेकोमा सबै शेयरधनीहरुलाई धन्यवाद व्यक्त गरे ।

    त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २७औँ बार्षिक साधारणसभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र सहकर्मी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी गराए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गरे । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको जानकारी गराए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend