२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 7.1K
    SHARES

  • images
    सानिमा रिलायन्स लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
    काठमाडौं, फागुन २५ । सानिमा रिलायन्स लाइफ इन्लेस्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ ।
     
    लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले चैत ८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा  कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।
     
    बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend