२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

पुर्वप्रेमी शाहिदलाई करीना कपूर अंगालो हालेपछि...


सञ्चार डबली
  • आइतबार, फागुन २५ २०८१
  • 8.4K
    SHARES

  • पुर्वप्रेमी शाहिदलाई करीना कपूर अंगालो हालेपछि...

    काठमाडौँ । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आइफा ) २०२५  जयपुरमा सुरु भएको छ, जहाँ धेरै बलिउड सेलिब्रेटीहरू आइपुगेका छन् । यसैबीच, आईफा पत्रकार सम्मेलनको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा करीना कपूर खानले शाहिद कपूरलाई अँगालो हालेको भिडियो र तस्बीर सामाजिक सञ्जालमा भाइरल भयेक छ । यति मात्र होइन, करिनाले पनि रोकिएर शाहिदसँग कुरा गरिन् र सँगै उभिएर पोज पनि दिइन् । यो भिडियो र तस्बीर अहिले भाइरल भइरहेको छ र फ्यानहरूले पनि यसमा धेरै टिप्पणी गरिरहेका छन्।

    गत वर्ष दादा साहेब फाल्के अवार्डबाट करिनाले शाहिदलाई बेवास्ता गर्दै रेड कार्पेटमा अगाडि बढेको भिडियो र तस्बीर भाइरल भएको थियो । करिना र शाहिदले २००४ मा फिल्म 'फिदा' को सेटदेखि एकअर्कालाई डेट गर्न थालेका थिए । दुवैले २००७ सम्म एकअर्कालाई डेट गरे । उनीहरुले सार्बजनिक रुपमै आफ्नो प्रेम व्यक्त गरेका थिए ।  

    त्यसपछि फिल्म 'जब वी मेट' को छायांकनको क्रममा दुवै अलग भएका थिए । दुवैले २०१६ मा फिल्म 'उडता पंजाब' मा पनि सँगै काम गरेका थिए, तर त्यसमा उनीहरूको कुनै पनि दृश्य थिएन ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend