२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बजाज मोटरसाइकलको अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला सञ्चालन


सञ्चार डबली
  • मंगलबार, फागुन २० २०८१
  • 6.2K
    SHARES

  • images
    बजाज मोटरसाइकलको अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला सञ्चालन

    मंगलवार, फागुन २० २०८१
    काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले अहिलेसम्मकै ठूलो अफर बजाज ग्राण्ड एक्सचेन्ज मेला आयोजना गर्दैछ ।

    यहि फागुन २० देखि २६ गतेसम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको जनाएको छ । बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडी रहेको मनकामना ट्रेड लिङ्कमा यस एक्सचेन्ज मेला सञ्चालन भईरहेको छ ।

    यस एक्सचेन्ज मेलामा ग्राहकहरूले मात्र नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने यस एक्सचेन्ज मेलामा अतिरिक्त रू.१०,००० भ्यालुएसन प्रदान गरिने कम्पनीले जनाएको छ ।

    अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९.९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक खरिद गर्न सकिनेछ । नयाँ जिवनको तयारी बजाजको सवारी भन्ने ट्यागलाईनको साथ सन्चालन भईरहेको यस ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरुले ७००० सम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

    बजाज ग्राण्ड एक्सचेन्ज मेलामा निःशुल्क एसेसारिज (हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग आदि) पनि प्रदान गरिनेछ । साथै, जिरो प्रतिशत सर्भिस चार्जको विशेष सुविधा  दिएको छ ।

    हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकवर्गलाई सदैव नयाँ र फरक सेवा, सुविधा प्रदान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend