२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

महिन्द्रा ‘केयर फेस्ट’ आजदेखि सुरु, आकर्षक छुट र विशेष उपहार प्राप्त गर्ने अवसर


सञ्चार डबली
  • आइतबार, फागुन १८ २०८१
  • 7.4K
    SHARES

  • images
    महिन्द्रा ‘केयर फेस्ट’ आजदेखि सुरु, आकर्षक छुट र विशेष उपहार प्राप्त गर्ने अवसर

    आइतवार, फागुन १८ २०८१
    काठमाडौँ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गरेको छ । कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्टको आयोजना गरेको हो ।

    एक समारोहबिच महिन्द्रा केयर फेस्टको उद्घाट्न कलाकार निर्मल शर्मा, अग्नि इन्क्र्पोरेटेडका प्रबन्ध निर्देशक – सुसन श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक – अर्जुन प्रसाद शर्मा, अग्नि ग्रुपका उपाध्यक्ष – वेदा सताशा श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा–चैतन्य कगलकारद्वारा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरू, अतिथि र ग्राहकहरूको उपस्थितिमा भएको थियो ।

    यस ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, म्याक्सिमाइल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसमा ५० प्रतिशतसम्मको छुट, १०  प्रतिशत विस्तारित छुट कुपनका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिनेछ । महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नुहुनेछ ।

    महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।

    साथै अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा ली ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको छ्र । साथै महिन्द्राका सर्टिफाइड एचभ–इधलभम गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएका छ । यो सेवा काठमाडौँ, भैरहवा, इटहरी पोखरा र चितवन शाखाहरूमा उपलब्ध छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend