२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी


सञ्चार डबली
  • मंगलबार, फागुन १३ २०८१
  • 5.5K
    SHARES

  • उत्साहजनक शो संख्या सहित ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी


    काठमाडौं ।  महाशिवरात्रिको अवसरमा प्रदर्शन हुन लागेको सुपरहिट सिनेमा ‘रेशम फिलिली’ को दोस्रो श्रृंखला ‘फेरि रेशम फिलिली’ को बुकिङ जारी रहेको छ । यो समाचार तयार पार्दासम्म सिनेमाले देशभर ८६ शो प्राप्त गरिसकेको छ। अन्य दुई सिनेमासँगै रिलिज भइरहेको सन्दर्भमा यो संख्या उत्साहजनक मान्न सकिन्छ। यसका लागि सिनेमाको ट्रेलर र गीतहरूको लोकप्रियताले ठुलो भूमिका खेलेको छ।

    प्राप्त ८६ शो मध्ये सिनेमाले काठमाडौं उपत्यकामा ४६ शो र बाहिर ४० शो पाएको छ। यो संख्या खल्ती मोबाइल एप मा देखिएको तथ्यांक हो। समाचार तयार पार्दासम्म खुलिसकेको हलहरूको आधारमा मध्यान्हसम्म थप हलहरूमा शो निर्धारण भएपछि ‘फेरि रेशम फिलिली’ ले १५० भन्दा बढी शो पाउने सम्भावना छ, जुन निकै उत्साहप्रद देखिन्छ।

    २०७२ सालमा पहिलो पटक प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो। तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो। त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै चलचित्रको प्रशंसा गरिएको थियो।

    करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ। यो पटक सिनेमाले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ।

    सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

    सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगी को द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा को संगीत रहेको छ। सिनेमाको सम्पादन सुरेन्द्र पौडेलले गरेका छन्।

    सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको सिनेमाका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह९निर्मातामा एनि थापा रहेका छन्। सिनेमाको निर्देशन निरोज महर्जन ले गरेका हुन्, जसले कथासमेत लेखेका छन्।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend