२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हुन्डाईको कार निर्यातमा २५ वर्ष पुरा: ३७ लाखभन्दा बढी गाडी बिक्री


सञ्चार डबली
  • बुधबार, फागुन ७ २०८१
  • 7.1K
    SHARES

  • images
    हुन्डाईको कार निर्यातमा २५ वर्ष पुरा: ३७ लाखभन्दा बढी गाडी बिक्री

    काठमाडौं । कार निर्यातमा अब्बल कम्पनि हुन्डाइले २५ बर्ष पार गरेको छ ।मेड इन इन्डिया निर्मित हुन्डाई कार निर्यात भएको २५ वर्ष पूरा भएको हो । हुन्डाई मोटर इन्डिया लिमिटेडले हालसम्म विदेशमा ३७ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ । यसले कम्पनीलाई यस क्षेत्रको सबैभन्दा ठुलो निर्यातकर्ता बनाएको छ।

    यो उपलब्धि हुन्डाई मोटर इन्डियाको लागि कोसेढुङ्गा जस्तै हो। यसले भारतको अटोमोबाइल उत्पादन क्षमतालाई पनि प्रतिबिम्बित गरेको छ । हुन्डाईले भारतमा बनेका सवारी साधनले विश्व बजारमा कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने देखाएको छ।

    सुरुमा हुन्डाईले १५० भन्दा बढी देशमा गाडी पठाउँथ्यो । तर अब त्यो संख्या घटेर ६० देशमा पुगेको छ । सन् २०२४ मा साउदी अरेबिया, दक्षिण अफ्रिका, मेक्सिको, चिली र पेरु यसका सबैभन्दा ठुला बजारको रूपमा देखा परेको छ । सन् २०२४ मा हुन्डाईले कुल १ लाख ५८ हजार ६८६ सवारी साधन निर्यात गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend