२०८३, असोज ८ गते

images
Logo

Sep 24 2026 | २०८३, असोज ८ गते

images
  • बिहीबार , असोज ८ २०८३
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्वतारोहण संघबीच सम्झौता


सञ्चार डबली
  • मंगलबार, माघ २९ २०८१
  • 7.0K
    SHARES

  • images
    सगरमाथा लुम्बिनी इन्स्योरेन्स र नेपाल पर्वतारोहण संघबीच सम्झौता

    काठमाडौं, माघ २९ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र नेपाल पर्वतारोहण संघबीच सम्झौता भएको छ । नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरू मार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरूका लागि न्यूनतम मूल्यमा ट्रेकिङ बीमा सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट जारी पर्यटन नियमावली अनुसार पर्वतारोहण दलका सहयोगी सदस्यहरुको लागि न्यनतम १५ लाख रुपैयाँ बराबको को दुर्घटना बीमा,४ लाख रुपैयाँ बराबरको स्वास्थ उपचार बीमा तथा अमेरिकी डलर १०,००० बराबरको खोजतलास तथा हेलिकोप्टर उद्धार बीमा गरिनुपर्ने व्यवस्था अनुरूप नेपाल पर्वतारोहण संघद्वारा सूचीबद्ध २७ चुचूराहरुको लागि विशेष बीमा योजना ल्याएको हो ।

    साबिकमा पदयात्रा एजेन्सीहरुले महंगो शल्कमा बीमालेख खरिद गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै सहुलियत दरमा यो बीमा योजना ल्याएको हो । हालै भएको सम्झौता पत्रमा संघका अध्यक्ष निमानुरु शेर्पा र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरे।

    उक्त सम्झौता पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूका बीच गत माघ १९ गतेका दिन कम्पनीका नायब कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य र संघका अध्यक्ष निमानुरु शेर्पाले सार्वजनिक गरे । यो सिजनका लागि ट्रेकिङ बीमा योजना मार्च ०१, २०२५ देखि लागु हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend