गोरखा, २७ माघ २०८१ । गोरखाको भीमसेन थापा गाउँपालिका - २, सिद्धकाली मा. बि. तारखसेमा तीन दिने आँखा शिबिर सञ्चालन हुने भएको छ । भिमसेन सरोकार समाज र रोट्यार्क्ट क्लब ओफ रुद्रमती बबरमहल काठमाडौको सम्युक्त आयोजना, भिमसेनथापा गाउँपालिकाको समन्वय र सहकार्य तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौको प्राबिधिक सहयोगमा मोतिबिन्दु शल्यक्रिया सहितको आँखा शिबिर आयोजना सञ्चालन हुने गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिनुभयो ।
यहीँ माघ २८ गतेदेखि ३० गतेसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा बिशेषज्ञ चिकित्सकहरुको टोलीबाट निशुल्क स्वास्थ्य परिक्षण तथा उपचार सेवा प्रदान गर्ने तथा आँखा परिक्षणका क्रममा समस्या देखिएकाहरुलाई निःशुल्क औषधी पनि वितरण गरिने खनालले बताउनुभयो ।
गाउँपालिका भित्रका ८ वडाहरु तथा छिमेकी गाउँपालिका र नगरपालिका लगाएत सम्बन्धित सवैलाई शिबिरमा पुगेर आँखा उपचार तथा परीक्षण गर्न गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले अनुरोध समेत गर्नुभएको छ ।



