२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

एमएडब्लू अर्थमुभर्सले जित्यो डिलर अफ द इयर अवार्ड


सञ्चार डबली
  • शुक्रबार, माघ २५ २०८१
  • 5.8K
    SHARES

  • images
    एमएडब्लू अर्थमुभर्सले जित्यो डिलर अफ द इयर अवार्ड

    शुक्रवार, माघ २५ २०८१
    काठमाडौँ । द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि डिलर अफ द इयर २०२५ प्राप्त गर्न सफल भएको छ। असाधारण बिक्री, बजार हिस्सा र ग्राहक सन्तुष्टिलगायतका उपलब्धिहरूको कदर स्वरूप द एमएडब्लू अर्थमुभर्सलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

    अवार्डले निशर्त प्रतिबद्धता र बलियो ग्राहक सम्बन्धद्वारा निर्मित उत्कृष्ट प्रदर्शनलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

    “यस उपलब्धि हासिल गर्न आवश्यक पर्ने निरन्तरको सहयोगका लागि हाम्रा सेवाहरूमा विश्वास राख्ने सबै ग्राहकहरू हृदयदेखि नै धन्यवादका पात्र हुन्” कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    जेसीबी इन्डिया लिमिटेडलाई सफलतातर्फ डोऱ्याउने कार्यकारीहरू ग्राहम म्याकडोनाल्ड र दीपक शेट्टीले संस्थाका तर्फबाट उक्त अवार्ड प्रदान गरेका थिए। नवप्रवर्तन र उत्कृष्ट सेवाहरूप्रति कम्पनीको समर्पणले सबै सरोकारवालाहरूलाई असाधारण मूल्य प्रदान गर्दै उद्योगका मापदण्डहरू अझै उच्च बनाउन उत्प्रेरित गरेको कम्पनीले जनाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend