२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने


सञ्चार डबली
  • मंगलबार, माघ २२ २०८१
  • 6.3K
    SHARES

  • images
    नाडाको सहयोगमा पोखरामा वाडा अटो शो आयोजना हुने

    २०८१ माघ २२ गते

    काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको सहयोगमा पोखरामा अटो शो आयोजना हुने भएको छ ।

    नाडाले आफ्नो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित अध्यक्ष दीपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट अध्यक्ष करण चौधरीसँग आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरे ।

    सो क्रममा नाडाले वाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गरेको छ । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको सम्भाव्यता र मोडालिटिका सम्बन्धमा विस्तृत रूपमा छलफल भएको थियो । छलफलमा यही २०८१ चत्रै १३ देखि १७ सम्म पोखरामा वाडा अटोशो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययनगरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने निर्णय गरेको सन्दर्भमा नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ । सो अवसरमा नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष दिपेन्द्र कोइरालालाई शुभकामना सोभेनियर समेत प्रदान गर्नु भएको थियो ।

    उक्त भेटघाट तथा छलफल कार्यक्रमको सञ्चालन नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले गर्नु भएको थियो ।

    सो कार्यक्रम नाडाकातर्फबाट निबर्तमान अध्यक्ष डा. धु्रव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठको उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रममा वाडाकातर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी. को उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend