२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना


सञ्चार डबली
  • आइतबार, माघ २० २०८१
  • 5.8K
    SHARES

  • images
    यामाहाद्वारा काठमाडौँमा माइलेज च्यालेन्ज र र्यालीको आयोजना

    आइतवार, माघ २० २०८१
    काठमाडौँका लागि यामाहाको स्कुटर तथा मोटरसाइकलको आधिकारिक बिक्रेता ब्लू स्क्वाएर, नक्सालले यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी. सेग्मेन्टको स्कुटरको माईलेज च्यालेन्ज र र्याली सफलतापुर्वक सम्पन्न गरेको छ।

    यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी.लाई नेपालको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माईलेज दिने स्कुटरका रूपमा गरिँदै आएको दाबीलाई सत्य साबित गर्न यस कार्यक्रमको आयोजना गरिएको हो।

    यामाहा रेजेडआर हाइब्रिड १२५ सी.सी. जस्तोसुकै भू–भागमा पनि सजिलै चलाउन सकिने र अरु कम्पनीका स्कुटरको तुलनामा उच्च माईलेज दिने कुरा प्रमाणित गर्न डिलरले काठमाडौँका आफ्ना २५ जना रेजेडआर हाइब्रिड १२५ सी.सी.का ग्राहकहरुलाई माइलेज च्यालेन्जमा सहभागी गराएको थियो।

    कार्यक्रम यामाहा शोरुम ब्लू स्क्वाएर, नक्सालबाट सुरु भई दक्षिणकाली भिलेज रिसोर्टमा पुगेर सम्पन्न भएको थियो। स्कुटरले समतल बाटोमा मात्र नभई उकालो, ओरालो र खाल्डा खुल्डीमा समेत कस्तो पर्फमेन्स दिन्छ र कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको हो।

    माईलेज च्यालेन्जमा सहभागी ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै रेजेडआर हाइब्रिड १२५ सी.सी.का बारेमा जानकारी समेत गराइएको थियो। स्कुटरका बारेमा जानकारी गराउने क्रममा यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले भने, “रेजेडआर १२५ हाइब्रिड विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकता पूरा गर्न स्टाण्डर्ड, डिलक्स, प्रिमियम र प्रिमियम प्लस गरी चार स्ट्रिमहरूमा उपलब्ध छ। 

    १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्राम तौलको यस हल्का स्कुटरमा युनिफाइड ब्रेकिङ सिस्टम (यूबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फङ्सन र २१ लिटर अन्डर९सीट भण्डारण जस्ता सुविधाहरू छन्।

    स्टप एण्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षता अझ बढाउँछ।”र्यालीको समापनमा माइलेज च्यालेन्जका विजेताहरूको नाम घोषणा गरिएको थियो जसमा ७३.३३ कि.मि. प्रतिलिटर माईलेजका साथ अनिशा श्रेष्ठ प्रथम, ६४.७२ कि.मि. प्रतिलिटर माईलेजका साथ काजल शाही द्वितीय तथा ५९.७५ कि.मि. प्रतिलिटर माईलेजका साथ शमशेर आलम तृतीय भएका थिए।

    यामाहाको यस उत्साहजनक पहललाई साथ दिने सहभागीहरूलाई धन्यवाद तथा विजेताहरूलाई बधाई ज्ञापन गर्दै कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत अग्रवालले सेवाग्राहीप्रति आफ्नो उत्पादनको विश्वास बढाउन र सेवाग्राहीका अपेक्षाबारे जानकारी लिन यस किसिमका कार्यक्रमहरू आगामी दिनमा देशैभरि आयोजना गर्ने प्रतिबद्धता दोहोर्याए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend