२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सूर्यज्योति लाइफद्वारा विभिन्न प्रदेशमा न्यानो कपडा वितरण


सञ्चार डबली
  • शुक्रबार, माघ १८ २०८१
  • 5.8K
    SHARES

  • images
    सूर्यज्योति लाइफद्वारा विभिन्न प्रदेशमा न्यानो कपडा वितरण

    काठमाडौं, माघ १८ । हाल देशमा बढिरहेको जाडोलाई मध्यनजर गर्दै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न स्थानहरूमा सूर्यज्योतिको जीवनको लागि न्यानो भन्ने अभियान संचालन गरी कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।

    सूर्यज्योतिले आफ्नो मूल मन्त्रको रूपमा अवलम्बन गरेका ७ तत्त्व मध्ये एक न्यानोपनलाई आत्मसात् गर्दै देशभर बढिरहेको चिसोको कहर बाट बच्न केही राहत होस् भनी असहाय बालबालिका, वृद्धवृद्धा तथा विपन्न वर्गलाई ध्यानमा राखी सहयोगको सुरुवात गरेको हो।

    उक्त कार्यक्रममा सूर्यज्योतिले जाडोबाट बच्नको लागी विभिन्न सावधानीका उपायहरू अपनाउन अनुरोध गर्दै कम्बल,सिरक तथा न्यानो कपडा वितरण गरेको हो। प्रदेश २ अन्तर्गत कलैयामा स्थित अमृता अनाथ आश्रम कलैयाका बालबालिकाहरूको लागि २२ वटा ज्याकेट र जनकपुर स्थित श्री नारायण बाबा दलित जनजाति स्कुलका विद्यार्थीहरूका लागि ४६ वटा गरी ६८ वटा न्यानो ज्याकेट वितरण गरेको हो।

    प्रदेश ३ अन्तर्गत ललितपुर जिल्लामा अवस्थित पाटन सामुदायिक पुनर्स्थापना संस्थाको सहकार्यमा अपाङ्गता समस्या भएका बालबालिका तथा युवाहरूका लागि ५० वटा न्यानो ज्याकेट वितरण गरेको हो।

    प्रदेश ४, बागलुङ जिल्लामा रहेको काठेखोला गाउँपालिका ५, बिहुदहपानी अवस्थित बालग्राम आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि ८५ वटा न्यानो ज्याकेट वितरण गरिएको हो। कार्यक्रममा सहयोग र सहजीकरण गरी दिनका लागि विद्यालय प्रधानाध्यापक एवम् शिक्षक शिक्षिकाहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,वडाध्यक्ष र सूर्यज्योति लाइफ इन्स्योरेन्स बागलुङ शाखाका एजेन्सि म्यानेजरहरु लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

    लुम्बिनी प्रदेश,कपिलवस्तु जिल्ला अन्तर्गत महाराजगंज नगरपालिका वडा नं १०, हदौना क्षेत्रका अति विपन्न ५०० परिवारहरूलाई ५०० वटा न्यानो सिरक वितरण गरिएको हो। उक्त अवसरमा पूर्व मंत्री तथा वर्तमान सांसद मा। सुरेन्द्र आचार्य ,नगर प्रमुख अब्दुल कलाम, वडा प्रमुख लगायत सूर्यज्योतिका एजेन्सी म्यानेजर भरत प्रसाई ,प्रदेश प्रमुख र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

    देशका विभिन्न स्थानहरूमा अत्यधिक चिसोको कहर असाहय बालबालिका तथा बृद्धबृद्धा र विपन्न परिवारमा प्रत्यक्ष्य परेको र यसबाट जोगिन सिरक,कम्बल तथा न्यानो लुगा वितरण अभियान चलाइएको र विपत् र प्राकृतिक प्रकोपको बेला आवश्यक परेको खण्डमा सूर्यज्योति सदैव अग्र पन्थीमा उभिने कुरा सूर्यज्योतिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले व्यक्त गरे।

    सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चुक्ता पुँजी रु ५०१ करोड, कुल लगानी रु ४,२४२ करोड, जीवन बीमा कोष रु।३८०३ करोड, जारी बीमालेख संख्या ३१ लाख ७२ हजार ५१०, प्रशिक्षित अभिकर्ता संख्या १ लाख १ हजार १०० र देश भर रहेका १७४ शाखा संजाल द्वारा सेवा प्रदान गरी रहेको छ।

    बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुविधा प्रदान गर्ने एक मात्र पहिलो कम्पनी सूर्यज्योति लाइफ बन्दै पहिलो ISO 9001-2015 प्राप्त गर्ने एक मात्र जीवन बीमा कम्पनी बन्न पनि सफल भएको छ।

    साथै कम्पनीले आर्थिक वर्ष २०८०र८१ को वार्षिक साधारण सभा यही पौष ६ गते सम्पन्न गर्दै सेयर धनीहरूका लागि २० प्रतिशत नगद लाभांश समेत वितरण गरी सकेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend