२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

नेशनल लाईफको ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 7.0K
    SHARES

  • images
    नेशनल लाईफको ‘लिडर्स नाइट’ कार्यक्रम सम्पन्न

    काठमाडौं, माघ १३ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको ‘लिडर्स नाईट वीथ भुषण दाहाल’कार्यक्रम चितवन सौराहास्थित होटल सेभेन स्टारमा सम्पन्न गरेको छ ।

    कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८१ साउन महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई गैंडाकोटस्थित मौलाकालिका मन्दिरको दर्शन तथा दियालो बंगला संग्रहालय अवलोकन गराउने तथा नेपालको चर्चित बरिष्ठ पत्रकार भुषण दाहालसँग साक्षात्कार गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका बजार विभाग प्रमुख विवेक शर्मा, एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणासहित प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरुसहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब २२५ जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

    साथै, कार्यक्रमका प्रमुख अतिथी भुषण दाहालले सहभागि अभिकर्ताहरुलाई नेतृत्वको बारेमा विशेष प्रशिक्षण प्रदान गरेका थिए । उनले नेतृत्वकर्ताले भविष्यको स्पष्ट खाका कोर्नका लागि जहिले पनि प्रश्न होईन हजारौ प्रश्नको जवाफ दिने आँट र साहास बोकेर बस्न सक्नु पर्ने धारणा व्यक्त गरे ।

    समारोहमा योजनामा छनौट भई सहभागि भएका अभिकर्ताहरुलाई प्रमुख अतिथी एवं वरिष्ठ पत्रकार भुषण दाहालले सम्मानपत्र दिएका थिए ।

    सहभागि अभिकर्ताहरुले नेपालकै चर्चित एवं बरिष्ठ पत्रकार भुषण दाहालबाट सम्मान प्राप्त गर्ने अवसर दिलाएकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्तिविकासमा समेत योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend