२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

अमोडाका इभी गाडीहरु नेपालका लागि सुहाउँदो छन् : मुख्यमन्त्री बहादुर सिंह लामा


सञ्चार डबली
  • आइतबार, माघ १३ २०८१
  • 5.8K
    SHARES

  • images
    अमोडाका इभी गाडीहरु नेपालका लागि सुहाउँदो छन् : मुख्यमन्त्री बहादुर सिंह लामा

    काठमाडौं, माघ १३ ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण कम हुने हिसाबले इलेक्ट्रिक गाडी–विद्युतीय सवारी साधनहरु महत्वपूर्ण भएको बताएका छन् । 

    शनिबार काठमाडौंमा आयोजित अमोडाको विशेष शोरूम उद्घाटन, एक्सचेन्ज र टेस्ट ड्राइभ सप्ताह कार्यक्रममा उनले पेट्रोलियम पदार्थहरु धेरै महंगो भएको भन्दै इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले राम्रो भएको बताए । 

    उनले भने, ‘अमोडाले इलेक्ट्रिक गाडीहरु नेपाल सुहाउने हिसाबले ल्याएको छ । नेपालको सन्दर्भमा इलेक्ट्रिसिटी पनि पर्याप्त मात्रामा छ ।

    पेट्रोलियम पदार्थहरु धेरै महंगो पनि भएको छ । त्यसैले पेट्रोलियम पदार्थमा लगानी धेरै गएको छ । 

    नेपालकै उत्पादन प्रयोग हुने र प्रदूषण पनि कम हुने हिसाबले इलेक्ट्रिक गाडीहरु महत्वपूर्ण छ ।’

    omoda2.jpg

    यसको साथै, उनले इलेक्ट्रिक गाडीहरु बढेपनि चार्जिङ् पोइन्टहरु कम भएको भन्दै यसको लागि नेपाल सरकार र बागमती प्रदेशले पैसा छुटाएको बताए । 
    उनले भने, ‘इलेक्ट्रिक गाडीहरु ल्याएपछि यसलाई चार्ज गर्नको लागि ठाँउहरु भने हुनुपर्ने कुरा पनि छ । 

    चार्जिङ् पोइन्टहरु पनि छन् तर यसलाई बढाउनका लागि सरकार र बागमती प्रदेशले पनि चार्जिङ् पोइन्टहरु लागि केही पैसा छुटाएका छौं र यसलाई व्यवस्थित गर्नको लागि श्रम रोजगार तथा यातायात मन्त्रालयले पनि यसलाई गम्भिरताका साथ हेरेको छ ।’ 

    यसको साथै राजस्व घरमै बसेर तिर्न सक्ने, पूरानो व्यवस्थाहरुलाई पनि अध्यावधि गरेर सुलभ बनाउने र २० वर्ष भएका गाडीहरुलाई सबैको जाँच गरेर त्यसलाई नष्ट गर्ने कि पुननिर्माण गर्ने भन्ने खालको व्यवस्थापन पनि गरेका उनको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend