२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

खराब कर्जा बढ्दा बैंकहरुमा समस्या देखियोः सीइओ खनाल


सञ्चार डबली
  • शुक्रबार, माघ ११ २०८१
  • 6.9K
    SHARES

  • images
    खराब कर्जा बढ्दा बैंकहरुमा समस्या देखियोः सीइओ खनाल

    काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्र रमण खनालले पछिल्लो समय बैंकहरुमा देखिएको खराब कर्जाका कारण समस्या देखिएको बताएका छन् । बैंकको ६० औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दे खनालले यस्तो बताएका हुन् ।

    विश्व अर्थतन्त्रमा केही शिथिलता देखिएको वर्तमान परिवेशमा नेपालको अर्थतन्त्रमा भने केही सुधारका संकेतहरू देखिन थालेको उनको भनाइ छ ।

    तर वैदेशिक विप्रेषणको आप्रवाहमा आएको सुधारसँगै बैंकिङ क्षेत्रमा बढेको तरलताका कारण घटेको ब्याजदरले गर्दा समग्र व्यवसाय जगतले केही राहत महसुस गरेको उनले बताए । साथै अर्थतन्त्रको उत्थानका लागि नेपाल सरकारले अगाडी बढाएका नीतिगत सुधारका प्रयासहरूले पनि समग्र अर्थतन्त्रमा सकारात्मक आशा जगाएको उनले बताए ।

    राजस्व असुलीमा क्रमशः आएको सुधार र सरकारी श्रोत परिचालनमा देखिएको सकारात्मक संकेत साथै बजारको आपत्ति प्रणालीमा ल्याइएको प्रभावकारिता, अनुगमन प्रणालीको प्रभावकारिता, सार्वजनिक विज्ञ एवं मौद्रिक नीतिले अवलम्बन गरेका औजारहरूको प्रयोगबाट अर्थतन्त्रको सुधारलाई सहयोग पुगेको खनालले बताए ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend