२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

जाडोमा खानुहोस् यी पाँच प्रकारको सुप, जसले शरीर बनाउँछ थप बलियो 


सञ्चार डबली
  • बिहीबार , माघ १० २०८१
  • 5.7K
    SHARES

  • जाडोमा खानुहोस् यी पाँच प्रकारको सुप, जसले शरीर बनाउँछ थप बलियो 

    काठमाडौं ।  रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले जाडो मौसममा आफ्नो विशेष ख्याल राख्नुपर्छ । यो मौसममा रुघाखोकी, भाइरल ज्वरोजस्ता धेरै समस्या हुन सक्छ । खानामा भिटामिनको कमीले हाम्रो शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा शरीरमा कुनै पनि पोषक तत्वको कमी हुन दिनु हुँदैन ।

    पोषणविद्का अनुसार केही मानिसहरू भिटामिनको कमीलाई हटाउन मल्टिभिटामिन सप्लिमेन्ट लिन थाल्छन्। तर मल्टि भिटामिनको कमीलाई पूर्ति गर्न, तपाइँ आफ्नो आहारमा केहि सूप समावेश गर्न सक्नु भयो भने धेरै नै फाइदा हुनेछ । उसो भए जानौं, कुन सूप पिउनाले भिटामिनको कमी हुँदैन भन्ने कुरा रु

    मकै र पालक सूप
    पालक र मकैको सुपमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ। यसले प्रतिरक्षा प्रणाली बलियो बनाउन काम गर्छ। मकैमा फाइबर र भिटामिन बी कम्प्लेक्स पाइन्छ, जसले पाचन क्रियालाई सुधार्न मद्दत गर्छ । साथै, पालकमा पोटासियम र म्याग्नेसियम हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ।

    चुकन्दर र गाजर सूप
    चुकन्दरमा आइरन र भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसका कारण शरीरमा रगतको कमी हुँदैन । साथै, गाजरमा भिटामिन ए हुन्छ, जुन छाला र आँखाका लागि फाइदाजनक हुन्छ। चुकन्दर र गाजरको सुप पिउनाले रक्तसञ्चार पनि बढ्छ । जसले गर्दा भिटामिनको कमी हुँदैन ।

    मुगुको दालको सूप
    मुगको दालमा प्रोटिन र आइरन प्रचुर मात्रामा पाइन्छ । यसले मांसपेशी बलियो बनाउन काम गर्छ। यसले भिटामिन बी–९ को कमीलाई पनि हटाउँछ। मुगको दालमा पनि फाइबर पाइन्छ । यसले पाचन र कब्जियतसँग सम्बन्धित समस्याहरू हटाउँछ। यसमा कम क्यालोरी सामग्री छ। यसले तौल घटाउन पनि मद्दत गर्छ ।

    प्रोटीनको सुप
    राजमा, चनाबाट बनाइएको प्रोटीन सुप तापक्रमको कारण जाडोमामा लाभकारी छ। यसले प्रतिरक्षा प्रणाली बढाउँछ र चिसोमा हुने संक्रमण रोक्छ। एन्टीओक्सिडेन्टमा, फाइबर, प्रोटीन र अन्य पोषक तत्वहरूले भरिपुर्ण प्रोटिन सुपले थकान कम गर्छ। एनीमियाका रोगीहरूको लागि लाभकारी छ। यसले कोलिस्ट्रोललाई नियन्त्रणमा राखेर हृदयसका समस्या टाढै राख्न मदत गर्छ । यसमा रहेको एस्ट्रोजेनिक इफेक्सले क्यान्सर रोक्न मद्दत गर्दछ। चिसोमा गाठागुठि दुखाइमा राहत दिन्छ। यसले ग्यास, यूरिक एसिडलाई पनि कम गर्छ।

    टमाटरको सुप
    भिटामिन सी र ए ले भरिपुर्ण टमाटर सुपले कोलेस्ट्रोल कम गर्छ र हृदयको अवरोध हटाउदछ। यसले जाडोमा हुने श्वासप्रश्वास सम्बन्धित रोगहरूबाट बचाउछ।  शरीरको छालालाई रक्षा गरि हानिकारक र सुक्खालाई नम्र बनाउँछ। टमाटरमा भएको ल्याईकोपिनले शरीरमा फ्याट कम गर्न मद्दत गर्दछ। क्यानोभा वा जैतूनको तेलकोसँग बनाइएको टमाटर सुपले तौल कम गर्न मद्दत गर्दछ। यसमा रहेको सेलिनियम एनीमियाले रगतको कमी हटाउँछ र रक्त परिसंचरण बढाउँछ। यसमा रहेको  क्यारोटोनयड जस्ता एन्टीओक्सिडेन्टले क्यान्सर कोशिका वृद्धिलाई रोकथाम गर्दछ।

    यी तीन सूप स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन् । यसको सेवनले चिसोबाट पनि बचाउँछ र मल्टिभिटामिनको कमी पनि पूरा गर्छ ।

    कुन समय खादा राम्रो
    आहार विशेषज्ञहरूको अनुसार खाली पेटको सुप खाए शरीरमा चाँडै लाग्ने गर्छ । त्यसैले सामान्यतया सुप खाना खानुभन्दा पहिले खानु पर्दछ । सुप खाने सबैभन्दा राम्रो समय साँझको समय ६ देखि ७ बजे बिच हो । सुप भोजन भन्दा एक वा दुई घण्टा पहिले खानुपर्छ ।  चिसोमा साझ हुदै गर्मीका चीजहरू खानुपर्छ। यसमा तपाईं सुप समावेश गर्न सक्नुहुन्छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend