२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

सलिकोद्वारा दुई दिने अभिबृद्धि तालिम, कोशी प्रदेशका कर्मचारीहरूको सक्रिय सहभागिता


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 6.8K
    SHARES

  • images
    सलिकोद्वारा दुई दिने अभिबृद्धि तालिम, कोशी प्रदेशका कर्मचारीहरूको सक्रिय सहभागिता

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी अभिवृद्धि (इनहाउस) तालिम सम्पन्न गरेको छ । सलिकोका कोशी प्रदेशभर कार्यरत कर्मचारीहरूको व्यवसायिक दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीले पुस १९ र २० गते इटहरीको होटल बरण्डामा उक्त तालिम सम्पन्न गरेको हो ।

    उक्त कार्यक्रममा प्रतिष्ठित अतिथिहरूको उपस्थिती रहेको थियो, जसमा नेपाल बीमा प्राधिकरणका कोशीप्रमुख बिनोद कुमार पोख्रेल र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका नायव महा–प्रबन्धक कबिराज पौडेल, कोशी प्रदेश प्रमुख नारायण गौतम रहेका थिए ।

    तालिम प्रशिक्षकहरूमा बजार विभागका नायव महा–प्रबन्धक कबि राज पौडेल, दावी विभागका प्रमुख सुभाष दिक्षीत, कोशी प्रदेश प्रमुख नारायण गौतम, अण्डर राइटिङ्ग विभागका प्रमुख दिवश तिमल्सिना र मानव संसाधन विभागका प्रमुख शशिधर शर्मा रहेका थिए ।

    प्रशिक्षकहरूले विभिन्न र बीमा क्षेत्रका साथ अन्य समसामायिक बिषयहरूमा जानकारी दिनुभएको थियो भने नेपाल बीमा प्राधिकरणका बिनोद कुमार पोख्रेलले बीमा तथा परिपालन सम्बन्धी आफ्ना धारणा व्यक्त गरेका थिए ।

    यस इनहाउस तालिममा कोशी प्रदेशका सम्पूर्ण शाखाबाट आएका कर्मचारीहरूले सक्रिय सहभागिता  रहेका थियो । जसले सबै सहभागीहरूलाई सकारात्मक सोचका साथै काम गर्ने हौसला प्रदान गरेको बताइएको छ । यस सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना कर्मचारीहरूको दक्षता र क्षमतामा सुधार ल्याउन प्रतिबद्ध रहेको जानकारी दिएकोे छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend