२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री


सञ्चार डबली
  • सोमबार, पुस २२ २०८१
  • 6.4K
    SHARES

  • images
    राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छ : गृहमन्त्री

    काठमाडौं, पुस २२ । गृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । उनले आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए ।

    उनले राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारले प्रक्रिया प्रारम्भ गरिसकेको जानकारी दिए । उनले भने, ‘कञ्चनपुरको शुल्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने हाम्रो भूमि भारतीय नागरिकले भोगचलन गरिरहेको अवस्था छ । यसबारे सरकारलाई जानकारी छ, यसप्रति सरकारको गम्भीर ध्यानार्कषण भएको छ । समस्या समाधान गर्न कूटनीतिक छलफल पनि गरेका छौँ ।’

    उक्त क्षेत्रमा सीमासम्बन्धी विवाद नरहे पनि सीमास्तम्भ राख्नपर्ने आवश्यकता औँल्याउँदै गृहमन्त्री लेखकले द्विदेशीय संयन्त्रमार्फत सीमास्तम्भ राखिने भएकाले त्यसनिम्ति कूटनीतिक माध्यमबाट छलफल भइरहेको बताए । ‘सीमासम्बन्धी द्विदेशीय संयन्त्रलाई पनि यस सम्बन्धमा ध्यानार्कषण गराइएको छ । हामी हाम्रो भूमिको रक्षा गर्छौं । समस्या पनि समाधान गर्छौं ।’ उनले भने

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend