२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

अल्लु अर्जुनले पाए नियमित जमानत, हरेक आइतवार चौकीमा हाजिर हुँनुपर्ने 


सञ्चार डबली
  • शनिबार, पुस २० २०८१
  • 7.7K
    SHARES

  • अल्लु अर्जुनले पाए नियमित जमानत, हरेक आइतवार चौकीमा हाजिर हुँनुपर्ने 


    काठमाडौं । सन्ध्या थिएटर मामिलामा साउथ सुपरस्टार अल्लु अर्जुनलाई नामपल्ली अदालतले नियमित जमानत दिएको खबर छ । उनलाई अदालतले ५०–५० हजार रुपैयाँको दुईवटा धरौटीमा धरौटीमा रिहा गरेको खबर छ । साथै, अदालतले उनलाई हरेक आइतबार चिक्कडपल्ली प्रहरी चौकीमा हाजिर हुन आदेश दिएको छ । यसअघि उनले तेलंगाना उच्च अदालतबाट अन्तरिम जमानत पाएका थिए ।

    अल्लु अर्जुनको नियमित जमानत याचिकामा डिसेम्बर ३० मा सुनुवाइ भएको थियो तर सो दिन फैसला सुरक्षित राखिएको थियो । तर, ३ जनवरी साँझ अदालतले आफ्नो फैसला सुनाए लगत्तै अल्लु अर्जुनले राहत पाएको खबर बाहिरियो ।

    वास्तवमा ४ डिसेम्बरमा फिल्म ‘पुष्पा २’ को प्रिमियरको क्रममा हैदराबादको सन्ध्या थिएटरमा भागदौड भएको थियो । त्यही क्रममा एक महिलाको मृत्यु भएको थियो । त्यसपछि १३ डिसेम्बरमा अल्लु अर्जुनलाई यस मामिलामा पक्राउ गरिएको थियो । तल्लो अदालतले उनलाई १४ दिनको लागि न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो।

    तर, सोही दिन उनले तेलंगाना उच्च अदालतबाट अल्लु अर्जुनले अन्तरिम जमानत पाएका थिए । र अहिले भने उनले नियमित जमानत पाएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend