२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बोनम्यारो क्यान्सर पिडित माहिरा विश्वकर्मालाई आर्थिक अभाव, सहयोग गरिदिन आग्रह


सञ्चार डबली
  • बिहीबार , पुस १८ २०८१
  • 6.6K
    SHARES

  • images
    बोनम्यारो क्यान्सर पिडित माहिरा विश्वकर्मालाई आर्थिक अभाव, सहयोग गरिदिन आग्रह



    काठमाडौं । बोनम्यारो क्यान्सर (Bone marrow cancer) रोगबाट पीडित ६ बर्षीय बालिका माहिरा विश्वकर्माको उपचारको लागि आर्थिक सहयोग गर्न परिवारजनले आग्रह गरेका छन् । वाणगंगा नगरपालिका वडा नं. ९ मा बसोबास गर्ने माहिरा विगत ६ महिना देखि विभिन्न अस्पतालहरुमा उपचार गर्दा निको नभई हाल पाटन अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उक्त रोगबाट पीडित बालिकाको उपचारका लागि हालसम्म ३० लाख भन्दा धेरै रकम खर्च भएको र पारिवारिक स्थिति जटिल बन्दै गएको पारिवारिक स्रोतले जनाएको छ । 

    अहिले दिनहुँ जसो रगत दिनु पर्ने र जतिसक्दो छिटो बोनम्यारो ट्रान्सप्लान्ट गर्न छिमेकी देश भारतमा लाग्नु पर्ने चिकित्सकहरूले बताए पछि विपन्न आर्थिक अवस्थाको परिवार अत्यासमा परेको छ । आर्थिक अवस्था कमजोर भएका विश्वकर्मा परिवारले दाताहरूसँग सहयोग मागेका छन् । उद्योगी व्यापारी बुद्धिजीवी, नागरिक समाज लगायत सहयोग दिन सक्ने हर कोहीलाई आफ्नो छोरिको जीवन रक्षाको अनुनय गरेका छन् ।

    सहयोग गर्न इच्छुकहरूले बिरामीको आमा रुपा सुनारको नाममा रहेको एनआईसी एसिया बैङ्कमा रहेको खातानं. 2565751496385001 मा सहयोग प्रदान गर्न सकिने छ, साथै परिवारसँग थप जानकारी लिन 9866563814 मा बिरामीको आमा रुपा सँग पनि सम्पर्क गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend