२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क १७ अर्ब १७ करोड, धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स


सञ्चार डबली
  • बिहीबार , पुस ११ २०८१
  • 7.0K
    SHARES

  • images
    निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क १७ अर्ब १७ करोड, धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स

    विहीबार, ११ पुस २०८१
    काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) सम्ममा  निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब १७ करोड रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन् ।

    यस अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरूले मंसिर मसान्तसम्ममा ११ लाख ३७ हजार २७२ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।

    उक्त अवधिमा सबैभन्दा बढी धेरै बीमाशुल्क संकलन गर्नेमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले २ अर्ब १९ करोड रुपैयाँको कुल व्यवसाय गरेको हो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एक अर्ब ७६ करोड रुपैयाँ र शिखर इन्स्योरेन्सले १अर्ब ६४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । आईजीआई प्रुडेन्सियलले १ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले १ अर्ब ४० करोड ३८ लाख रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब ४० करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

    त्यस्तै, एनएलजी इन्स्योरेन्सले १ अर्ब १३ करोड ६ लाख रुपैयाँ, दि ओरिएण्टलले १ अर्ब १२ करोड ६९ लाख रुपैयाँ र यूनाइटेड अजोडले १ अर्ब २ करोड ५५ लाख रुपैयाँ, सानिमा जिआईसीले ९९ करोड ७४ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ६७ करोड ११ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend