२०८३, साउन ११ गते

images
Logo

Jul 27 2026 | २०८३, साउन ११ गते

images
  • सोमबार, साउन ११ २०८३
images

भागदौड मृत्यु प्रकरणः अल्लु अर्जुनले खोले मुख, ‘मेरो चरित्र हत्या गर्न खोजियो


सञ्चार डबली
  • आइतबार, पुस ७ २०८१
  • 6.6K
    SHARES

  • भागदौड मृत्यु प्रकरणः अल्लु अर्जुनले खोले मुख, ‘मेरो चरित्र हत्या गर्न खोजियो


    काठमाडौं । पुष्पाः २ का अभिनेता अल्लु अर्जुनले हैदरावादमा भएको भागदौडको घटनालाई लिएर प्रतिक्रिया दिँदै यसलाई अपमानजनक भनेका छन् । उनले सो घटनाका बारेमा पहिलो पटक मुख खोल्दै यस विषयमा धेरै गलत जानकारी फैलाइँदै आएको बताएका छन्।

    सञ्चारमाध्यमसँग कुरा गर्दै अल्लु अर्जुनले यस विषयमा धेरै किसिमका गलत सूचना फैलाइएको बताएका हुन । ‘म कुनै व्यक्ति, विभाग वा राजनीतिक नेतालाई दोष दिन चाहन्न, तर यो अपमानजनक छ र चरित्र हत्या जस्तो देखिन्छ।’ उनले घटनाप्रति दुःख व्यक्त गर्दै समवेदना पनि व्यक्त गरेका छन् ।

    सुपरस्टारको यो टिप्पणी मुख्यमन्त्री रेवन्त रेड्डीको बयान पछि आएको हो, जसमा उनले अल्लु अर्जुनले डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा पुलिसको अनुमति बिना आफ्नो फिल्म ुपुष्पा २ु को प्रिमियरमा भाग लिएको आरोप लगाएका थिए।

    घटनाबारे स्पष्टिकरण दिँदै कलाकारले सबै हल्ला र आरोप निराधार भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान आवश्यक रहेको बताए ।

    गत डिसेम्बर ४ मा अल्लु अर्जुनको प्रिमियर शोका क्रममा सन्ध्या थिएटरमा भागदौड हुँदा एक महिलाको मृत्यु भएको थियो भने मृतक महिलाको छोरा गम्भीर घाइते भएका थिए । प्रहरीले अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापन विरुद्ध भारतीय दण्ड संहिताको धारा १०५ (दण्डनीय हत्या), ११८ (१) स्वैच्छिक चोट पुर्याउने र ३ (५) अन्तर्गत मुद्दा दर्ता गरे पछि उनी पक्राउ परेका थिए ।

    पक्राउ परेर एकदिन हिरासतमा बसे पनि तेलाङना उच्च अदालतको आदेश पछि उनी ५० हजार धरौंटीमा चार हप्ताका लागि रिहा भएका थिए । यसैबिचमा मुख्यमन्त्रीले बोले पछि अल्लु अर्जुनले पहिलो पटक मिडियाका सामु मुख खोलेका हुन ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend