२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

रुसले बनाएको क्यान्सर खोपः मुल्य ४ लाख बराबर हुँन सक्ने अनुमान


सञ्चार डबली
  • शनिबार, पुस ६ २०८१
  • 6.7K
    SHARES

  • images
    रुसले बनाएको क्यान्सर खोपः मुल्य ४ लाख बराबर हुँन सक्ने अनुमान


    काठमाडौं ।  रुसले क्यान्सरविरुद्धको खोप घोषणा गरेपछि विश्वभरका क्यान्सर रोगीमा आशा जगाएको छ । रुसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनका अनुसार यो रुसी क्यान्सर भ्याक्सिन विभिन्न प्रकारका रोगीहरूका लागि फरक तरिकाले बनाइने छ।

    यो सुविधाका कारण यसको मूल्य करिब ४ लाख नेपाली रुपैयाँसम्म पर्न जानेछ । तर, रुसी नागरिकको भने यो खोप निस्शुल्क पाउने छन् । यद्यपि कपरिनले यो खोप बाँकी विश्वमा कहिले उपलब्ध हुने भन्नेबारेमा कुनै जानकारी दिएका छैनन् ।

    कपरिनले प्रि–क्लिनिकल ट्रायलमा यो खोप प्रभावकारी साबित भएको बताए। यसले ट्यूमरको वृद्धिलाई सुस्त बनाउँछ र ८० प्रतिशत सम्मको कमी देखाएको छ। यो भ्याक्सिन बिरामीको ट्युमर सेलको डाटामा आधारित विशेष कार्यक्रम मार्फत डिजाइन गरिएको हो। रूसको संघीय मेडिकल बायोलोजिकल एजेन्सीकी प्रमुख भेरोनिका स्वरोत्स्कोवाले मेलानोमा (छालाको क्यान्सर) विरुद्ध खोपले काम गर्ने तरिका बताएकी छिन्।

    सबैभन्दा पहिले, क्यान्सर रोगीबाट क्यान्सर कोशिकाहरूको नमूना लिइन्छ। यसपछि, वैज्ञानिकहरूले यस ट्युमरको जीनहरू क्रमबद्ध गर्छन्। यस मार्फत क्यान्सर कोशिकाहरूमा बनेको प्रोटिनहरू पहिचान गरिन्छ। प्रोटिनको पहिचान पछि व्यक्तिगत रुपमा एमआरएनए भ्याक्सिन बनाइन्छ। सो क्यान्सर खोपले शरीरलाई टि कोशिकाहरू बनाउन आदेश दिन्छ। यी टी कोशिकाहरूले ट्युमरलाई आक्रमण गर्छन् र क्यान्सर हटाउँछन्। यसपछि, मानव शरीरले ट्युमर कोशिकाहरूलाई चिन्न थाल्छ, जसका कारण क्यान्सर फेरि फर्केर आउँदैन।

    अमेरिकी राज्य फ्लोरिडाका क्यान्सर विशेषज्ञ इलियास सयुरका अनुसार यस प्रविधिको प्रयोग गरेर बनाइएको खोपले ४८ घण्टाभन्दा कम समयमा मस्तिष्कको क्यान्सरमा प्रभाव देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend