२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने, उत्कृष्टलाई पुरस्कृत गरिने


सञ्चार डबली
  • बुधबार, पुस ३ २०८१
  • 6.2K
    SHARES

  • images
    धनगढीमा ‘बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ हुने, उत्कृष्टलाई पुरस्कृत गरिने

    बुधवार, पुस ३ २०८१
    काठमाडौँ । कैलालीको धनगढीमा आगामी पुस ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम् माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गरिएको हो ।

    धनगढीको चटकपुर चोकअन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ । यो कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत र भरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकहरूबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवर्द्धन गर्ने विश्वास आयोजकको रहेको छ ।

    कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरूले सहभागिता जनाउन सक्नेछन् । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् ।

    कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ । बजाजका मोटरसाइकलहरु मध्येमा पनि प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल अत्याधिक लोकप्रिय छ ।

    यो मोटरसाइकलको बिशेषता, माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताएका छन् ।

    प्लाटिना मोटरसाइकलको किफायती बारेमा उक्त कार्यक्रमबाट आमजनमानसमा जानकारी हुने कम्पनीको बिश्वास रहेको छ । च्याम्पियनमा आम ग्राहकवर्गलाई पनि सहभागी हुनका लागि अनुरोध गरिएको छ । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend