२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तेह्रथुम पुगेर प्रधानमन्त्रीले भनेः एसइई पास नभए विद्यार्थीको भविष्य समाप्त हुन्छ, फेल हुनु अपराध हो


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 6.8K
    SHARES

  • images
    तेह्रथुम पुगेर प्रधानमन्त्रीले भनेः एसइई पास नभए विद्यार्थीको भविष्य समाप्त हुन्छ, फेल हुनु अपराध हो

    काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने जोड दिएका छन्।

    आफूले आधारभूत शिक्षा लिएको तेह्रथुमको आठराईस्थित प्रणाली माध्यमिक विद्यालयका नयाँ भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा उक्त विद्यालयको गत वर्षको नतिजा कमजोर भएको सुन्दा खिन्नता व्यक्त गर्दै विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने बताए।

    ‘एसइईमा विद्यार्थी पास भएनन् भने उनीहरूको भविष्य समाप्त हुन्छ। एसइईभन्दा माथि जान नसक्दा उनीहरूमा निराशा उत्पन्न हुन्छ। विद्यार्थी फेल हुनु एक प्रकारको अपराध हो’,  प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ। विद्यार्थीहरूले मेहनत गर्नुपर्छ। पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्नेछन्। म सबै विद्यार्थी भाइबहिनीहरू र शिक्षकलाई यो गम्भीरता बुझेर मेहनत गर्न आग्रह गर्दछु।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend