२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बिहीवारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने


सञ्चार डबली
  • बुधबार, मंसिर २६ २०८१
  • 6.8K
    SHARES

  • images
    बिहीवारदेखि टाटा मोटर्सको ‘एक्सचेन्ज १२:१२ क्याम्प’ हुँदै, पुराना गाडीसँग टियागो इभी र पन्च इभी साट्न सकिने

    काठमाडौं, २६ मंसिर । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले १२:१२  एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको छ । सिप्रदी ट्रेडिङका अनुसार, भोलि (बिहीवार) बाट ३ दिनसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुलाई डाउनपेमेन्ट राखेर नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त टियागो इभी र पन्च इभी लगायतका गाडीहरु साट्न सकिने छ । यो एक्सचेन्ज क्याम्प डिसेम्बर १२, १३ र १४ तारिक टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना हुने बताइएको छ । यस मेलामा सहभागी भएर ग्राहकहरुले टियागो इभी र पन्च इभीमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

    यसका साथै, यस १२:१२ एक्सचेन्ज क्याम्प कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र बम्पर लक्की ड्रमा आइफोन १६ प्रो प्राप्त गर्नेछन् ।

    यस कार्यक्रमको अबसरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कम्पनीले अनुरोध समेत गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend