२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरूको विशेष उत्सव


सञ्चार डबली
  • सोमबार, मंसिर २४ २०८१
  • 6.0K
    SHARES

  • images
    हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरूको विशेष उत्सव

    सोमवार, मंसिर २४ २०८१
    नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले सोमबार (डिसेम्बर ९) देखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।

    ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, सो अभियानमा ‘जिरो कस्ट ओनरसिप प्लान’ रहेको छ जसमा ग्राहकहरूले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। साथै ३ वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।

    हुन्डाई नेपालले ग्राहकहको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो।तसर्थ, देशभरका सोरुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरूलाई अनुरोध र प्रोत्साहित गर्दछ।

    आगामी शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको आयोजना गरिने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend