२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञ मन्त्री बन्ने व्यवस्थामा गए गणतन्त्र सुदृढ हुन्छ: प्रचण्ड


सञ्चार डबली
  • शनिबार, मंसिर २२ २०८१
  • 7.1K
    SHARES

  • images
    प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विज्ञ मन्त्री बन्ने व्यवस्थामा गए गणतन्त्र सुदृढ हुन्छ: प्रचण्ड

    काठमाडौं, मंसिर २२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक कोर्स बदल्नुपर्ने बेला आएको बताएका छन्। माओवादी केन्द्र गोरखा-काठमाडौँ सम्पर्क समन्वय समितिको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

    शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्स बदल्न सकिने उनको भनाइ थियो। आफ्नो पार्टीको चुनबाङ बैठकबाट गणतन्त्रको अभ्यास गर्दै जाँदा यसलाई यथास्थितिमा राख्ने र जनताको गणतन्त्र बनाउने शक्तिबीच टक्कर पर्ने अड्कल गरेको स्मरण गर्दै उनले अब त्यो बेला आएको तर्क पनि गरे।

    अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद होइन, विज्ञ मन्त्री बन्ने व्यवस्थामा गए मात्रै जनताको गणतन्त्र सुदृढ गर्न सकिने धारणा राखे।

    यसका लागि आन्दोलन जरुरी रहेको र आन्दोलन गर्न माओवादी बलियो हुनुपर्नेमा उनको जोड थियो। अरु दलभन्दा राष्ट्र र परिवर्तनप्रति इमान्दार माओवादी नै रहेछ भन्ने जनतामा बोध हुँदै जानु निकै महत्त्वपूर्ण पक्ष रहेको उनको भनाइ थियो।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend