२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

तोसिमा कार्कीले भनिन-‘सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म नहुँदा हकबाट वन्चित हुनुपर्यो’


सञ्चार डबली
  • बिहीबार , मंसिर २० २०८१
  • 6.5K
    SHARES

  • images
    तोसिमा कार्कीले भनिन-‘सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म नहुँदा हकबाट वन्चित हुनुपर्यो’

    काठमाडौं, मंसिर २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले अझै पनि जनताहरुमा सूचनाको हक सम्बन्धि सामान्य जानकारीसम्म पनि नहुँदा हकबाट वन्चित हुनुपर्ने अवस्था रहेको बताएकी हुन् ।

    बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तरगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति भएको सूचनामा नागरिकको पहुँचका लागि आयोगले खेलेको भूमिका, समस्या तथा चुनौती र भावी कार्यदिशाका सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँगको छलफलमा भाग लिँदै उनले सबै नागरिकलाई सूचनाको हकबाट वन्चित नगर्न स्थानीय तह,सबै वडामा यसको प्रयोगबारे तालिमको व्यवस्था गर्नुपर्ने बताइन् ।

    उनले भनिन्,‘पछिल्लो समय सूचनाको हक प्रयोग गर्दैगर्दा प्रत्येक नागरिकले एउटा सरकारलाई र सरकारका सम्पूर्ण संयन्त्रलाई एउटा बलियो प्रतिपक्षको भूमिका प्रत्येक नागरिकले निभाउन सक्छ । तर सूचनाको हक कसरी प्रयोग गर्ने प्रकृया के हो कहाँ जाने उजुरी कहाँ, निवेदन कसरी दिने भन्ने किसिमका सामान्य जानकारी सम्म नभएको अवस्था छ । देशैभरीका सबै वडामा एउटा कार्यक्रम नै ल्याएर तालिमको सृजना गर्नुपर्छ ।’

    उनले संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक दिएको भएतापनि सूचनाहरु लुकाइने समस्या रहेको बताइन् । उनले भनिन्‘संविधानले प्रत्येक नागरिकले आफ्नो र सार्वजनिक विषयका सूचनाहरु पाउने हक राख्दछ भनेर सुनिश्चित गरेको छ । तर सतहमा नआएका थुप्रै यस्ता विषयहरु छन् । जहाँ सूचनाहरु लुकाइन्छ । सूचना नदिई दबावमा राखिन्छन् । यस्तो विषयलाई सम्बोधन गर्न राष्ट्रिय सूचना आयोगको तर्फबाट कुनै निकायहरुले गएर एउटा प्रणाली विकास गर्नुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend