२०८३, असोज ७ गते

images
Logo

Sep 23 2026 | २०८३, असोज ७ गते

images
  • बुधबार, असोज ७ २०८३
images

बीआरआई सबैको सहमतिमै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा


सञ्चार डबली
  • शनिबार, मंसिर १५ २०८१
  • 6.7K
    SHARES

  • images
    बीआरआई सबैको सहमतिमै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

    काठमाडौँ, मंसिर १५ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना, बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयन योजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी छन् ।  

    चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा भएको चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित प्रेस मिटमा उनले बीआरआईको कार्यान्वयन सहमतिमा हुने बताएकी हुन् ।  

    “बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपालले सन् २०१७ मा नै हस्ताक्षर गरिसकेको छ । अहिले यसको कार्यान्वयनको योजनाबारे कुराकानी भइरहेको छ,” उनले भनिन्, “यो नेपाल र चीनबीचको सहमति तथा समझदारीका साथै नेपालमा पनि सबैको साझा सहमतिकै आधारमा हुनेछ ।” 

    मन्त्री राणाले अहिले नेपाल ऋण लिनसक्ने अवस्थामा नरहेकाले चीन सरकारसँग पनि यसै विषयमा कुराकानी भएको स्पष्ट पारिन् । 

    “यो परियोजना अनुदानमा गर्ने भन्ने विषय नेपाली कांग्रेसले औपचारिक निर्णय नै गरिसकेको छ ।  यो जानकारी वर्तमान सत्ता साझेदार दल नेकपा एमालेलाई पनि छ,” उनले भनिन्, “त्यसैले अनुदानमा नै यो परियोजनालाई अघि बढाउने विषयमा हामीले छलफल गरिरहेका छौँ ।”

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend